वित्तीय संस्थाको चर्को व्याजदरको बिरोध

आदर्श समाज संवाददाता
फागुन ६, २०७५
lcci 6 photo


लेखनाथ, ६ फागुन । बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगवाट ब्याज दर वृद्धि गरेको भन्दै लेखनाथका उद्योगी व्यवसायीले त्यसको बिरोध गर्दै ब्याजदर घटाउन माग गरेका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनीतिका कारण ब्यवसायीमा परेको असर सम्वन्धी सोमवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले चर्को ब्याजदरको बिरोध गरेका हुन् ।

लेखनाथ उद्योग बाणिज्य संघले वित्तीय संस्थाको चर्को व्याजदरको विरोध गर्दै देशभर त्यसका विरुद्ध भएको विरोधलाई ऐक्यबद्धता जनाएको छ । बैंक तथा वित्तीय संस्थाको कार्यशैलीप्रति उद्योगी व्यवसायीले विरोध गर्दै व्याजदर नघटाए आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीव बहादुर कोइरालाले बंैकले सरकार र उद्योगीले दवाव दिदा समेत वित्तीय संस्थाले ब्याजदर घटाउन ब्यवास्ता गरेको आरोप लगाए । बंैक तथा वित्तीय सस्थाले सुरुमा चिप्ला र मसिना कुरा गर्ने तर पछि ब्यवहारमा ब्यवसायीहरुको घाँटी निमोठ्ने गरेको आरोप कोइरालाको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width