काठमाण्डौ, ५ फागुन। नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ।
प्रमुख आयुक्त नवीनकुमार घिमिरेसहित अन्य आयुक्त र बरिष्ठ कर्मचारी सम्मिलित बैठकले पाठकविरूद्ध अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
टंगालस्थित कार्यालयमा आइतबार मध्यान्हदेखि भइरहेको बृहत् छलफलमा आयुक्तहरु डा.गणेशराज जोशी, डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने तथा बरिष्ठ कर्मचारी सहभागी छन्।
भ्रष्टाचार नियन्त्रण गर्ने अंगको जिम्मेवार पदमा बसेर आर्थिक अनियमितता गर्ने ठाकुरविरुद्ध छानबीन प्रक्रिया अघि बढाउने निर्णय भएको छ’, आयोग स्रोतले भन्यो। ‘आयुक्तको रुपमा रहँदा उनले गरेका कार्यसम्पादनको अनुसन्धान हुन्छ। उनको सम्पत्ति पनि छानबिन हुनेछ।’
चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादबारे आयोगमा परेको उजुरीमा पाठकले ७८ लाख रुपैयाँ घूस लिएका थिए। घुस लिएको स्वीकार गरेको भिडियो समेत शुक्रबार सार्वजनिक भएको थियो। सोही दिन उनले पदबाट राजीनामा दिएका थिए।
राजीनामा दिए पनि घुस लिएको विषय गम्भीर भएको भन्दै उनमाथि छानबिन हुनुपर्ने चौतर्फी माग भइरहँदा अख्तियारले अनुसन्धान गर्ने निर्णय गरेको हो।
Related News
सम्बन्धित समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७