लमही, ५ फागुन । कानूनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ।
तसर्थ सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको हो। किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयन गर्न यस रणनीतिले प्रभावकारी भूमिका निर्वाह गनेर्छ भन्ने अपेक्षा पनि राखिएको छ।
वालविवाह नियन्त्रण गर्ने उदेश्यका साथ दाङको तुलसीपुर उपमहानगर पालिकाले नगर क्षेत्रमा अभियान नै चलाएको छ। उपमहानगर पालिकाले पुजारीलाई मन्दिरमा विवाहका लागि आउने २० बर्ष भन्दा कम उमेर समुहलाइृ विवाह नगरी फिर्ता पठाइदिन र नगरपालिकामा सूचना आग्रह गरेका छन्।
शहरलाई बालमैत्री बनाउने उदेश्यले उपमहानगर पालिकाले बालविवाह मन्दिरका पुजारीलाई अभिमुखीकरण तालिम समेत प्रदान गरेको छ, त्यसपछि पुजारीले मन्दिरको बालविवाह रोक्न सक्रिय बनेका छन्। नगरलाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालिम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए। तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले जानकारी दिए। विवाहको सिजन हुने असोज महिनामा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको जानकारी भट्टराईले दिए। मन्दिरका पुजारी भट्टराईका अनुसार मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरेका छौ, वाल विवाह रोक्ने कर्तब्य नगरपालिकाको मात्र हैन पुजारीको पनि हो।
नगर क्षेत्रका मन्दिरमा विवाहका आउने पुरुष र महिला दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्र ल्याउन भन्ने गरेका छौ, यदि २० बर्ष उउमेर पुगेको छैन भने फिर्ता पठाइदिने गरेका छौ, पुजारी भट्टराईले भने —उनीहरुसँग नराम्रो हुन भन्दा यतिवेला विवाहको लगन छैन भनेर फिर्ता पठाइदिने गरेका छौ। मन्दिरमा विवाहका लागि आउने कतिपय कतिपय जोडी र उनीहरुको अभिभावकले विवाह गराईदिन भनेर दवाव समेत दिने गरेका छन्, तर हामीले उमेर नपुगेका जोडीको विवाह गराइदिन सक्देनौ भनेका छौ, पुजारी भट्टराईले भने। तुलसीपुर उमानपा, नवजागरण महिला तथा बालबालिका केन्द्रको सहकार्यमा वाल विवाह भएन भएको बारेमा नियमित अनुगमन र अभिमुखीकरण तालिम दिदै आइएको छ, यसै अन्तरगत पुजारीलाई पनि तालिम दिइएको हो, शहरी क्षेत्रमा वालविवाह रोकिएको भएपनि दाङ्का ग्रामिण क्षेत्रमा वालविवाह रोक्न कठिन रहेको जानकारी अभियानकर्ता भीम खत्रीले दिए।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७