पोखरा ५ फागुन। पर्यटकीय शहर पोखरामा स्मार्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्तर कोरियाबाट प्राविधि टोली पोखरा आएको छ।
इन्छन नेशनल विश्वविद्यलायका प्रो.डा चोसको नेतृत्वमा आएको नौ सदस्य टोलीलाई पोखरा आएको हो। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई स्मार्ट सिटि बनाउने योजना सहित काम भैरहेको बताएका छन्। उत्तरकोरियबाट आएको प्राविधिक टोलिसंगको भेटमा प्रमुख जिसीले भने, ‘पोखरालाई प्रविधिमैत्री शहरको सपना हामीले देखिसकेका छौ र त्यसका लागि काम अगाडी बढेको छ।’
उनले उत्तर कोरियासंग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको बताए। स्मार्ट शहर बनाउने प्रारुप तयार गरेका छौ, कोरिया प्रविधिमा अगाडी बढेको देश भएकाले मिलेर काम गर्न सक्छौ। पोखराको पर्यटन विकासको इतिहास लामो नभएपनि त्यस क्षेत्रमा काम गरेका अनुभवी ब्यक्ति रहेको बताउदै केही गर्न सकिने बताए।
उनले पोखराको पर्यटनको गुरुयोजना बनाएर त्यही अनुसार अघि बढदा नतिजामुखी हुने बताए। ‘गुरु योजना बनाएर काम गर्दा राम्रो हुन्छ, त्यसैले उत्तर कोरियासंग मिलेरका काम गर्न तयार छौ। ’ उनले पोखरालाई पर्यटकीय गन्तब्य वा ट्रान्जिट बनाउने भन्ने बारे छलफल गरेर प्रविधिमैत्री बनाउन सहयोग गर्न आग्रह गरे।
‘प्रविधिमा हामी कमजोर छौ हाम्रो अनुभव र कोरियाको प्रविधिसंग काम गर्दा राम्रो हुन्छ। ’ प्रमुख जिसीले आफना लागि काम गर्ने समय अव तीन वर्षमात्रै बाँकी रहेकाले नतिजा निकाल्ने गरि काम गर्न तयार रहेको बताए। महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पर्यटकीय पूर्वाधार निर्माण र प्रविधिसंग जोडेर शहर र नागरिकलाई स्मार्ट बनाउने तर्फ महानगर लागि रहेको बताइन्। उनले पोखरामा स्मार्ट पर्यटन बनाउने सोच सहित टोली आएकोमा स्वागत गरिन्।
उत्तर कोरियाको इच्छन नेसनल विश्वविद्यालयका प्रोफेसर चोसको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली पोखरा आएको थियो। टोलीलाई महानगरमा प्रमुख जिसी र उपप्रमुख गुरुङले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए। कोरियाका प्रो.डा. चोसले पर्यटनलाई प्रविधिसंग जोडेर अगाडी बढन तयार रहेको बताउदै त्यसका लागि सहयोग हुने बताए।
पोखराको पर्यटन, पर्यटकीय क्षेत्र लगायका बारेमा पर्यटन विद् श्रीकान्त खतिवडा, पर्यटन व्यवसायी बासु त्रिपाठ, टिकाराम सापकोटा लगायतले पोखरा पर्यटनको राजधानी रहेको बताउदै यहाँको प्राकृतिक र साँस्कृतिक मात्रै नभएर साहासिक पर्यटनको लागि उपयूक्त रहेको बताए। उनीहरुले पोखरा विश्वकै उत्कृष्ट शहर रहेको बताउदै स्मार्ट पर्यटनको विकासका लागि प्रविधिको प्रयोग गर्नुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०