सदस्य मनोनित प्रति असन्तुष्टी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
pcci photo_Fotor

पोखरा, ५ फागनु। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आफूबाट मनोनित ४ जना सदस्यलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन्।

अध्यक्ष अधिकारीले पोखरा उद्योग वाणिज्य संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी साधारण सदस्यहरुबाट ४ जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।

सपथग्रहण समारोहमा संघका दुई तिहाई सदस्यहरु भने अनुपस्थित रहेका थिए। संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघका दुई तिहाई सदस्यहरुले अध्यक्षबाट भएको मनोनयन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै सपथग्रहण कार्यक्रमप्रति असन्तुष्टी प्रकट गरे।

संघका महासचिव अजुर्न पोखरेलका अनुसार कार्यसमितिको दुई तिहाई सदस्यबाट माघ २९ गते अध्यक्षबाट भएको मनोनयनमा ‘परम्परा र प्रक्रिया’ नपुगेको भन्दै, ‘संघको विधानको परिच्छेद ६.३.२ अनुसार बैठकमा छलफल हुनुपर्ने विषय तोकी एक दिन अगावै सूचना गर्नुपर्ने स्पष्ट प्रावधान भएकोमा बैठकमा एजेण्डामा नै नल्याइकन विविध विषयअन्तर्गत अध्यक्षले आफूमा निहित अधिकार हो भनी विधि र परम्परालाई लत्याउँदै पदाधिकारी बैठक एवं कार्यसमितिको बैठकमा छलफल नै नगराई हचुवा र एकतर्फी ढंगबाट चार सदस्यको मनोनित गरेको आरोप लगाए।

आइतबार सपथ लिएका दि कुटी रिसोर्टका संचालक देवेन्द्र केसीले २०७५ श्रावण २९ गते संघको सदस्यता लिएका थिए भने प्रशिम एग्रो फर्म हाउसका संचालक शिवराज आचार्यले २०७४ फागुन २९ गते संघको सदस्यता प्राप्त गरेका थिए।

संघको विधानको ९.३.१ मा संघको सदस्य पदको उम्मेदवार हुन कम्तिमा २ वर्ष अगाडि साधारण वा कपोर्रेट सदस्य हुनुपर्ने व्यवस्था छ भने विधानको ९.३.३ मा ‘कार्यसमितिको सदस्य पदमा उम्मेदवार हुन २५ वर्ष उमेर पूरा गरेको। साधारण सदस्य भएको २ वर्ष पूरा भएको हुनुपनेर्छ’ भन्ने व्यवस्था रहेको छ।

महासचिव पोखरेलका अनुसार संघको विधानको सोही प्रावधान अनुसार गएको निर्वाचनमा उम्मेदवारी दिएका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…

hero news full width