पोखरा, ५ फागुन। यहि फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन” पोखराको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको पोखरा महानगरपालिका उपमेयर मञ्जु गुरुङले बताएकी छन।
पोखरा महानगरपालिका वडा अध्यक्षहरु र म्याराथनआयोजक संस्थाका पदाधिकारीवीच पोखरा म्याराथन सफल बनाउन आयोजित छलफल कार्यक्रममा उपमेयर गुरुङले पोखरालाई खेलकुद मार्फत आर्थिक समृद्धि हासिल गर्न पनि पोखरा म्याराथन सफल बनाउनु पर्ने कुरामा जोड दिएकी हुन्।
उपमेयर गुरुङले पोखरा म्यारथनलाई महानगरको तर्फबाट सहयोगको निरन्तरता संगै १३ औं संस्करणले सफलता लिने कुरामा आफू ढुक्क रहेको र सबै महानगरबाशीहरुलाई एकजुट भएर पोखरा म्याराथनमा सहभागिताका लागि आग्रह समेत गरिन।
सो अबसरमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथन पोखराका लागि महोत्सवका रुपमा रहेको बताउँदै सम्पूर्ण स्थानिय जनताबाट पनि म्याराथन सफल बनाउन देखाएको सहयोगले आफूहरु अझै उत्साहित भएको बताए।
पोखरा म्याराथनमा ५ हजार भन्दा बढी एकै साथ दौडने र पोखरा म्याराथनलाई प्राथमिकतामा राखेर देश विदेश बाट उल्लेख्य रुपमा नेपाली दाजुभाईहरुको उपस्थितीले थप रौनकता ल्याएको अध्यक्ष गुरुङले बताए।
उनले पोखरा म्यारथनका लागि महानगरसंग भगिनी सम्वन्ध रहेका चीन र जापान जस्ता मुलुकबाट समेत खेलाडीहरु सहभागिता रहने जानकारी दिए।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुले पोखरा म्याराथन बारे आ–आफ्नो तर्फ बाट जिज्ञासा राखेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०