दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
potato photo_Fotor

आलु महोत्सव–२०७५ बारे छलफलमा आयोजक। तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज

आलु महोत्सव–२०७५ बारे छलफलमा आयोजक। तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, ५ फागुन। दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी गरिएको छ। महोत्सव चैतको अन्तिम साता हुने भएको छ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ।

शनिवार मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले धर्मराज बास्तोलाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।

समितिका सदस्यहरुमा दानबहादुर थापा, ऋषिराम पौडेल, चन्द्रकान्त तिमिल्सेना, शिवकुमार श्रेष्ठ, हरि खड्का, प्रकाशचन्द्र सापकोटा, ईश्वरी बास्तोला, दलबहादुर कुँवर, लक्ष्मी अधिकारी, तारा विक, जीतबहादुर कार्की र ऋषिराम शर्मा रहेका छन।

त्यस्तै बैठकले सल्लाहकार पनि चयन गरेको छ। त्यस अवसरमा विभिन्न उपसमितिले आ–आफ्ना गतिविधि पनि जानकारी गराएका थिए।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, प्रदेश स्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानिज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width