पोखरा, ५ फागुन। कास्की जिल्ला बास्केटबल संघद्धारा आयोजित “तेश्रो कुँवर व्रर्दश एण्ड सन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले हात पारेको छ। पोखरामा आइतवार सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो। उपाधिसंगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपबिजेता कास्की जिल्ला बास्केटबल संघले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा कास्की भलिबल संघका खेलाडी रबीन शाही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै ट्रफी प्राप्त गरेका छन।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोविन्द पुरी, सोशल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले बिजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
समापन कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवम नेपाल सेभेन ए साइडका अध्यक्ष नवीन पुनलाई सम्मान गरिएको थियो। कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा उक्त समापन कार्यक्रम भएको हो।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०