लेखनाथ, ५ फागुन । ‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ…….’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ ।
किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले रङ्ग फेर्ने भएकाले यसको नाम रूपाताल राखिएको हो । तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर रहे पनि अहिले १०७ हेक्टरमा सीमित भएकाले दक्षिणपट्टी ५७२ मिटर लामो बाँध निर्माण गरेपछि क्षेत्रफल वृद्धि भएर १८३ हेक्टर हुने भएको छ ।
बाँध निर्माणका लागि मुआब्जा दिन अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई रु २५ करोड उपलब्ध गराएको छ । मुआब्जा वितरण गरिएपछि बाँध निर्माण गर्न लागिएकोे रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्यालले बताए ।
तालको दक्षिणपट्टी सिस्ठेनी टुडाबाट सुवेदी टुडासम्म जमीनको सतहसहित छ मिटर उचाइको पक्की बाँध निमार्ण हुने भएपछि अहिले भइरहेको पानीको सतह तीन मिटर बढ्नेछ । तालको औसत गहिराई तीन मिटरबाट बढेर साढेचार मिटर पुग्ने विश्वास गरिएको छ ।
बाँध निर्माणका लागि सर्भेक्षणको काम भइरहेको र पहिलो चरणमा ताल क्षेत्रभित्र रहेको ८५५रोपनी जग्गा अधिग्रहण गर्न दक्षिणपट्टी १९० रोपनी र तालको माथिल्लो भाग तालबेंसीतर्फ ६६५ रोपनी जग्गाको प्रति रोपनी १२ लाख ९३ हजार र आठ लाख ६२ हजारका दरले मुआब्जा वितरणको काम भइरहेको प्रमुख अर्यालको भनाइ छ ।
विसं २०५८ मा तालको संरक्षण र ताललाई आयआर्जनसमेत गर्ने लक्ष्यका साथ रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी सस्थाले प्रस्तुत गरेको योजनालाई स्थानीयवासीले अघि बढाउन पहल गरेकाले बाँध निर्माण सहज भएको रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए ।
बाँध निर्माण पछि रूपाताललाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यहाँ पानीमा खेलिने खेल, पिकनिकस्थल, ‘फल्टिङ रेष्टुरेण्ट’, बाल उद्यान र सभा कक्ष निर्माणलगायत अन्य पर्यटकीय गतिविधिका संरचना पनि निर्माण गरिने लक्ष्य राखिएको छ ।
दुईवर्ष अगाडि सिँचाईमन्त्री दीपक गिरीले शिलान्यास गर्नुभएकोे सो बाँधका लागि चार अर्ब ५१ करोड खर्च लाग्ने अनुमान छ । बाँध निर्माणको प्रारम्भिक चरण पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्नको काम भइरहेकाले यसै आर्थिक वर्षभित्र बोलपत्र आह्वान भई आगामी आर्थिक वर्षदेखि निर्माण गरिने आयोजनाको लक्ष्य छ ।
अहिले माथिल्लो तटीय क्षेत्रमा भूःसंरणका लागि खोला नियन्त्रण र ताललाई पुरिनबाट जोगाउन बीचमा तीन पानी पोखरी निर्माणको काम भइरहेको छ । बाँध निर्माण हुने भएपछि लेखनाथ नगरक्षेत्रका उद्योगी व्यवसायी पनि उत्साहित भएका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस क्षेत्रकै गहनाका रूपमा रहेका ताल संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकाले यहाँ रहेका अन्य ताल पनि संरक्षणका योजना ल्याउनुपर्ने सुझाव दिए ।
रूपाताल संरक्षणका लागि तात्कालिन लेखनाथ नगरपालिकाले पहल गरिरहेकामा अहिले आएर आशाको किरण पलाएको छ भन्दै पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीले स्थानीय सरकारको सीमित साधन र स्रोतले तालमा बाँध बाध्न नसकिने अवस्था थियो तर अहिले सिङ्गो सरकार नै लागि परेकाले बाँध निर्माण हुने भएको र यसमा महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए ।
रूपातालमा बाँध निर्माण हुने भएपछि लेखनाथ नगरका होटल तथा पर्यटन व्यवसायी पनि खुशी भएका छन् । लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसिएशनका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जैविक विविधता र विभिन्न प्रजातिको जिव–जन्तुको वासस्थान रहेको रूपातालको संरक्षण गर्दै यसमा पर्यटकीय गतिविधि बढाउन तालमाथि बञ्जिजम्पलगायत अन्य योजना पनि अगाडि बढाउनुपर्ने सुझाव दिए । रूपातालमा बाँध निर्माण हुने खबर सुनेपछि स्थानीयवासी पनि खुशी भएका छन् ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०