पोखरा, ४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (तरकारी) सञ्चालक समितिको साधारणसभा सम्पन्न भयो ।
गण्डकी प्रदेश सदस्य रामजी बरालले कार्यक्रम उद्घाटन गर्दै सो कार्यक्रमले कृषि क्षेत्रमा जागरण ल्याएको बताए ।
कृषि र प्रधानमन्त्रीलाई जोडेर कृषिमा आधुनिकीकरण भित्राउन उक्त कार्यक्रम ल्याइएको सांसद बरालले स्पष्ट पारे ।
उनले १० वर्षे सुपर जोन योजनालाई किसानबीच सफल बनाएरै छाड्ने प्रतिबद्धता जनाए । समाजवादउन्मुख राज्य प्रणालीअन्तर्गत तीनै तहका सरकार यस्तो कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पक्षमा रहेको बरालको भनाइ थियो ।
‘बिचौलिया प्रवृत्ति पूरै निस्तेज पारिनेछ,’ उनले भने, ‘कृषिलाई व्यवसायीकरण र बजारीकरणमा ध्यान दिइनेछ । बजारोन्मुख किसान र किसान उन्मुख राज्यको अवधारणालाई अगाडि ल्याइएको छ ।’
उनले किसानको सोचाइमा परिवर्तन आवश्यक रहेको औंल्याए । नयाँ सोच नभइ समृद्ध नेपाल, सुखी नेपालीको कल्पनासमेत गर्न नसकिने उनको जिकिर थियो । बरालले जनप्रतिनिधि र कर्मचारी वर्गहरुले किसानलाई प्रोत्साहन गर्नुपनेर्मा जोड दिए ।
गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थापन सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन कार्यक्रम किसानको हितमा ल्याइएको बताए । यस्तो परियोजना किसानले नै सञ्चालन गर्ने कार्यक्रम रहेको प्रष्ट पारे । उनले भने, ‘यो कार्यक्रम किसानले नै बनाउने हो, किसानले नै सञ्चालन र अनुगमन गर्ने हो ।’
गण्डकी प्रदेश तरकारीको सुपर जोन रहेको चर्चा गर्दै सचिव श्रेष्ठले प्रदेश सरकारले यहाँ नमूना कृषि फर्म बनाउने तयारीमा रहेको उल्लेख गरे । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वय भएमात्रै परियोजना सफल हुने सचिव श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा सुपर जोन कार्यान्वयन इकाइ समिति प्रमुख बसन्तकुमार श्रेष्ठ, पूर्व महानिदेर्शक वीरेन्द्रबहादुर हमाल, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवजी कोइराला, राष्ट्रिय कृषि समूह महासंघका केन्द्रीय उपाध्यक्ष चित्रनाथ पौडेल र पोखरा महानगरस्तरीय सञ्जालका दयाराम तिवारी र खाम घले कृषि फर्मका सञ्चालक केवल गौतम लगायतले बोलेका थिए ।
कार्यक्रममा सहसचिव कृष्णप्रसाद तिवारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । यस आर्थिक वर्षमा सुपर जोन कार्यान्वयन इकाइमार्फत सेमी हाइटेक ग्रिन हाउस ५, स्थायी प्लाष्टिक घर ३०, साना सिंचाइ कार्यक्रम ४५, मेनिरी औजार १० र प्रतिफलमा आधारित कार्यक्रम क्रम कटिङ १ सय वटा संचालन गर्ने कार्यक्रम रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (तरकारी) सञ्चालक समिति संयोजक रामबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक मीनाकुमारी गुरुङले स्वागत र सहसचिव कृष्णप्रसाद तिवारीले सञ्चालन गरेका थिए । यसैबीच, नयाँ कार्यसमिति भने शनिबार चयन हुन सकेन । ९ क्षेत्रको क्लष्टरको आधारमा ३३ प्रतिशत महिला सहभागिता हुनुपनेर्मा प्रावधानअनुसार उनीहरुको सहभागिता नहुने भएकोले पछि हरेक क्लष्टरमा १ जना पुरुष र १ महिला सदस्य छानिने र सोही आधारमा ३ महिना रहने गरी नौ सदस्यीय कार्यसमिति चयन गरिने निर्णय भएको कार्यक्रम संयोजक हमालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९