टेनिसमा जापानीज गेनी र भारतीय सिंग्ला प्रथम

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
tennis final ph (1)_Fotor

पोखरा, ४ फागुन । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न यू–१८ आइटीएफ सर्किट–२ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन्।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा गेनीले भारतका उदयवीर सिंहमाथि संघर्षपूर्ण जित निकाले । उनले सिंहलाई ६–३, ५–७ र ७–६ को कठिन सेटमा पराजित गर्दै उपाधि कब्जा गरेका हुन्।

महिला एकलमा भारतका सिंग्लाले चाइनाका ले यु लियुलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरिन् ।

एकलतर्पmका विजेताले आइटीएफको ३०/३० अंक तथा उपविजेताले १८/१८ अंक प्राप्त गरे। प्रतियोगितामा पुरुष डबल्सतर्फ जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले प्रथम स्थान हासिल गरेका थिए।

हङकङका केल लोक इन ताङ र इन्डोनेशियाका जेरालले दोश्रो स्थान हासिल गरे। महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ झाङको जोडी प्रथम भयो ।

चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडी दोश्रो भयो । डबल्सतर्फ प्रथमले २५/२५ अंक तथा दोश्रो हुनेले १३/१३ अंक आफ्नो आइटीएफ खातामा जोड्न सफल भए।

विजयी खेलाडीलाई मेडलसहित पुरस्कृत गरियो।

कास्की जिल्ला टेनिस संघ अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा महासचिव नवीन चालिसे, आइटीएफ प्रतिनिधि प्रवीण नायक, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पाेखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भए । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा…

hero news full width