पोखरा म्याराथनमा ५ हजार जना दौडने

रासस
फागुन ५, २०७५
marathon_Fotor

पोखरा, ४ फागुन । १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथनमा ५ हजार धावकले भाग लिने भएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व खेलाडी मञ्च अध्यक्ष तेज गुरुङले सो जानकारी दिएका हुन् ।

पोखरा रंगशालाबाट फागुन ७ गते बिहान ६:३० बजे शुरु हुने प्रतियोगितामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सगरमाथा आरोही तेञ्जिङ नोर्गे र अन्तराष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिथति रहने अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, भलिबल खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत सहभागिता जनाउन पोखरा आइसकेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक र महानगरपालिकाका मेयर मानबहादुर जिसी संरक्षक छन् ।

प्रतियोगिता सफल पार्न देश विदेशबाट सहयोग आएको छ । पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चबाट अध्यक्ष मानप्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे ।

अमेरिकामा बस्ने नेपालीहरुले संकलन गरेको ३ लाख रुपैयाँ सहयोग रकम याम पौडेलले  हस्तान्तरण गरे । यस्तै हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गरे ।

पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु सबैको गौरवको विषय भएको बताए । प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट संकलन भएको र २३ लाख खर्च लाग्ने आयोजकले जनायो ।

गण्डकी प्रदेश सरकारले प्रतियोगिता सफल पार्न २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

म्याराथनमा विभिन्न प्रबुद्ध व्यक्तिको समेत सहभागिता हुने जनाइएको छ ।

पोखरा म्याराथनलाई हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने मञ्च प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुली जानकारी दिएका छन्।

मञ्च संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले पोखरा म्याराथनका लागि विशेष रुपमा आफ्नो तयारी गरी यूके, हङकङ, वोष्टन लगायत अन्य मुलुकबाट सहभागिताका लागि आउने क्रम जारी रहेको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…

hero news full width