पोखरा, ४ फागुन । १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथनमा ५ हजार धावकले भाग लिने भएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व खेलाडी मञ्च अध्यक्ष तेज गुरुङले सो जानकारी दिएका हुन् ।
पोखरा रंगशालाबाट फागुन ७ गते बिहान ६:३० बजे शुरु हुने प्रतियोगितामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सगरमाथा आरोही तेञ्जिङ नोर्गे र अन्तराष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिथति रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, भलिबल खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत सहभागिता जनाउन पोखरा आइसकेका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक र महानगरपालिकाका मेयर मानबहादुर जिसी संरक्षक छन् ।
प्रतियोगिता सफल पार्न देश विदेशबाट सहयोग आएको छ । पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चबाट अध्यक्ष मानप्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे ।
अमेरिकामा बस्ने नेपालीहरुले संकलन गरेको ३ लाख रुपैयाँ सहयोग रकम याम पौडेलले हस्तान्तरण गरे । यस्तै हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गरे ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु सबैको गौरवको विषय भएको बताए । प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट संकलन भएको र २३ लाख खर्च लाग्ने आयोजकले जनायो ।
गण्डकी प्रदेश सरकारले प्रतियोगिता सफल पार्न २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
म्याराथनमा विभिन्न प्रबुद्ध व्यक्तिको समेत सहभागिता हुने जनाइएको छ ।
पोखरा म्याराथनलाई हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने मञ्च प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुली जानकारी दिएका छन्।
मञ्च संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले पोखरा म्याराथनका लागि विशेष रुपमा आफ्नो तयारी गरी यूके, हङकङ, वोष्टन लगायत अन्य मुलुकबाट सहभागिताका लागि आउने क्रम जारी रहेको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७