दुई सातादेखि डोल्पा अन्धकार

रासस
फागुन ५, २०७५
Upper-Dolpo


डोल्पा, ५ फागुन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा विद्युत आपूर्ति नहुदा दुई सातादेखि अन्धकार वनेको छ ।

छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो । विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र विष्टले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width