काठमाडौं, ४ फागुन । मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणमा संसदले बजेट स्वीकृत नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन् ।
ह्वाइटहाउसमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको छ । त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन आवश्यक देखिएको छ ।
राष्ट्रपति ट्रम्पको उक्त कदमको विरोध भएको छ । डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने वताएका छन् । ट्रम्पले भने यस कदमविरुद्ध डेमोक्रेट्स सांसदले अदालतमा चुनौति दिने कुरा मलाई थाहा छ तर मलाई यो कुरा पनि थाहा छ कि अदालतले सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयलाई विचार गर्ने छ ।
ट्रम्पका अनुसार संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा हुनेछ र त्यो रकमलाई पर्खाल निर्माणमा प्रयोग हुने छ र उनले राष्ट्रपति चुनावमै मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल निर्माणको बिषयलाई प्रमुख एजेण्डाका रुपमा अगाडि सारेका थिए ।
राष्ट्रपति निर्वा्चित भएपछि उनले पर्खाल लगाउनका लागि ५.६ अर्ब डलरको बजेट माग गरेका थिए । तर गत डिसेम्बर महिनामा संसदले त्यसलाई अस्वीकार गरिदियो । त्यसको बदलामा ट्रम्पले अन्य विषयमा बजेट निकासाका लागि हस्ताक्षर गर्न अस्वीकार गरिदिए । त्यसपछि २२ डिसेम्बरबाट अमेरिकामा कामबन्दी अर्थात सटडाउन सुरु भयो ।
अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनका लागि आवश्यक बजेटको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विवादका कारण सरकारी कामकाज अहिले पनि ठप्प भएको छ । यसअघि ट्रम्पले बजेट व्यवस्थाका लागि संसदले स्वीकृति नदिएमा वर्षौंसम्म कामकाज ठप्प भए पनि आफूलाई स्वीकार्य हुने जवाफ दिएका थिए ।
अमेरिकामा सटडाउनका कारण करिब आठ लाख कर्मचारीहरुले तलब पाएका छैनन् अर्थात उनीहरुलाई अस्थायी रुपमा कामबाट निकालिएको छ । जसका कारण अमेरिकाका सबै क्षेत्र प्रभावित हुँदै आएका छन् । एयर ट्राफिक कन्ट्रोलमा कर्मचारी अभाव हुँदा विमानस्थलहरुमा उडान ढिला भएकन छन् ।
Related News
सम्बन्धित समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१