सरकारको एक वर्ष : सफल, असफल

जनताको सामथ्र्य विकासमा सरकार असफल : सिग्देल

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
Sachetana Samaj

पोखरा, ३ फागुन ।

राजनीतिक विश्लेषक विश्व सिग्देलले वर्तमान सरकारसंग जनताले गरेको सामान्य अपेक्षा पनि पूरा गर्ने बाटो जनताको समथ्र्यको विकासतिर नगएको बताएका छन् ।

‘सरकारसंग जनताको नयाँ अपेक्षा केही थिएन, उनले भने, ‘सरकार दिुई तिहाईको छ । प्रतिपक्ष आकारमा सानो र आवाजविहीन कमजोर भएको अवस्थामा सरकारसंग जनताको सरल, सजिलो जीवनयापनको चाहना थियो । सरकारको एक वर्षको कार्यकालको मूल्यांकन गर्ने समय त होइन । तर, पाँचवर्षे आयु भएको सरकारले ठूलो सपना देखाउने भन्दापनि दीर्घकालीन विकासका पूर्वाधारहरु तयार ग¥यो कि गरेन ? प्रश्न उठेको सही हो ।

सचेतना समाज नेपालले रेडियो अन्नपूर्णसंगको सहकार्यमा आज पोखरामा आयोजना गरेको ‘सरकारको एक वर्ष र जनताको गुनासो’ विषयक छलफल कार्यक्रमका प्रमुख वक्ता सिग्देलले सरकारले पहिलो पाइला चाल्दा नै लोकप्रिय मुद्दाहरु ल्याएर जनताले आत्मसाथ गर्न नसक्ने खालको वातावरण बनाएको उल्लेख गरे ।

‘सरकार गरिब असहायको, निमुखाको, किसान, पर्यटन व्यवसाय फस्टाउने कार्ययोजनासहित जानुपर्ने थियो गएन, उनले भने, ‘जनताको आवश्यकता भनेकै साँझ बिहानलाई पानी, विजुली, शिक्षा हो । जनताको सामथ्र्यको विकासमा जानुको सट्टा ठूला मुद्दा पानीजाहाज, रेलवेतिर लाग्यो । यसले मुलुकमा दूरगामी असर पार्दछ ।’

हामी भन्दा कमजोर सिंगापुर, दक्षिण कोरिया, ताइवान, ईथियोपिया, रुवाण्डा विकासमा अगाडी वढ्दा प्रतिकूल अवस्थामा थिए र पनि विकसित भए, हामीमा बाह्य अतिक्रमण थिएन, अहिले जनताले दुई तिहाई दिदाँपनि हाम्रै बनिबनाउ जगबाट उठ्नुपर्ने थियो । यसतर्फ पनि सरकार चुकेको छ,’ उनको भनाई थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता भूपनिधि पन्तले वर्तमान सरकारले धर्म, संस्कृति र परम्परालाई मेट्ने कार्य गरेको बताए । सरकारले हौवा र अनुचित सपनामात्रै दोखाएको पन्तको भनाई थियो । सरकार पूरै असफ लबनेको उनको आरोप थियो ।

पीएन क्याम्पसका प्राध्यापक डा. गिरधारी दाहालले सरकारको एक वर्षे कार्यकाललाई पूर्णतः सफल मान्न सकिने उल्लेख गरे । सरकार निर्माणपछिको एक वर्षमा वर्तमान सरकारले आवश्यक कानून निर्माण र शुशासनतर्फ सरकार अग्रसर रहेको शर्माले बताए ।

वातावरणविद्र कल्याण पन्तले सरकार स्थापनापछि वर्तमाान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको चर्चा गर्दै त्यसवमोजिम संरचना र आवश्यक नीति, नियम नबनेको उल्लेख गरे । शिक्षा, स्वास्थ्य र यातायातमा सरकारले परिवर्तन ल्याउन नसकेको पन्तको भनाई थियो । ‘बोलीमा जे भनियो, सरकारबाट व्यवहारमा त्यो देखिएन,’ उनले भने ।

पोखरा वृहत् सफाईका अभियानका संयोजक रामबहादुर पौडेलले सरकार भ्रष्टाचारको मुद्दामा असफल बनेको उल्लेख गरे । भ्रष्टाचार अनियमितता, दण्डहिनता, कमजोर विदेश नीति, सीमा विवाद जहाँको तहीँ र विचौलियामुखी बजारलाई सरकारले समाधान एवं नियन्त्रण गर्न नसकेको पौडेलेको भनाई थियो ।

अधिवक्ता जनकल्याण पराजुलीले सरकारले ठूलो सपनामात्रै बाँडेको बताए । सञ्चारकर्मी आरजु बिष्ट सल्यानीले सरकार निम्न बर्गहरुको उत्थानमा पूरै असफ लबनेको उल्लेख गरे ।

समाजका संयोजक सुरेन्द्र थापामगरले सरकारको विकल्प नरहेको बताए । विकल्प नरहेको सरकारले राम्रो गर्र्नुपर्ने समाजको धारणा रहेको थापामगरले उल्लेख गरे । आम नागरिकले अनुभूति गर्नेगरी समितिको संरचना तयार, संघीयताको कार्यान्वयन र कानूनहरुको निर्माण हुनुपर्नेमा थापामगरको जोड थियो ।

समाजका पूर्व अध्यक्ष तिलक पराजुलीले दुई तिहाईको वामपन्थी सरकार असफ लबनेको चर्चा गरे । उनले मुलुकमा आर्थिक सञ्चिती घट्दो, बैदेशिक व्यापारमा कमी र शुशासनमा कमी, भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए । उनले आम नागरिकको तर्फबाट खबरदारीको आवश्यक रहेको औंल्याए ।

सचेतना समाज नेपालका संयोजक सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रमलाई पूर्व अध्यक्ष तिलक पराजुलीले सहजीकरण गरेका थिए ।

नारायण शाही

Related News

सम्बन्धित समाचार

hero news full width