k|wfgdGqL b]pjf r’gfjL ;ef ;Daf]wg k|wfgdGqL z]/axfb’/ b]pjf laxLaf/ d’l;sf]6sf] vnªufdf g]kfnL sfFu|]; ?s’d klZrdn] cfof]hgf u/]sf] r’gfjL ;efnfO{ ;Daf]wg ub{} . tl:a/ M nf]s]Gb| vgfn, ?s’d, /f;;
भक्तपुर, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वर्तमान सरकार प्रति आक्रोश व्यक्त गरेका छन् ।
ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम भएको छैन, सरकार असफल भइसकेको छ, विकास निर्माण र कूटनीतिक हिसाबले चुकेर सरकार असफल भएको छ, एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन, कांग्रेस भक्तपुरले शुक्रबार गरेको विरोध सभामा देउवाले भने यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन, ‘गफ हाँकेर, उखान टुक्का जोड्दैमा देश बन्ने भए जनताले यतिधेरै दुःख किन पाउथे ?
मगही नियन्त्रण नगर्दा आम नागरिकले महंगीको मार खेप्नु परेको छ, दैनिक जीवीको पार्जन गर्न सक्ने अवस्था छैन, जथाभावी कर वृद्धि गरेको छ, शान्ति सुरक्षा छैन, भ्रष्टाचार मौलाएको छ, संविधानलाई मिच्दै अलोकतान्त्रि तरिकावाट चल्न थालेको छ, नेता देउवाले भने— प्रधानमन्त्री केपीले सानासाना कुराको समधान गर्न सकेका छैनन, तर उनले नेपालमा पानीजहाज र रेल कुरा गरेर जनतालाई भ्रममा पारेका छन् । भेनेजुयलाबारे बोलेर अन्तराष्ट्रिय कूटनीतिक सम्बन्ध बिगारेको आरोप पनि देउवाको थियो ।
मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रित भएको आरोप देउवाको छ। प्रधानमन्त्रीको क्षेत्रमा विकास निर्माणका ठूला योजनामा बजेट ओइरिएको समाचार सार्वजनिक भएका बेला देउवाले त्यसतर्फ लक्षित गर्दै भने, ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि। सबैतिर समान विकास गर्नुपर्यो ।
विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ। सरकारका अलोकतान्त्रिक गतिविधिको विरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
माइनस डिग्रीमा माछा उत्पादन
सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
hero news full width
मुख्य समाचार
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९आविष्कारमा अब्बल अभिनाश
चैत्र ४, २०७९… अनि दुर्गा बराल बने वात्स्यायन
चैत्र ४, २०७९वात्स्यायनको अभिनन्दन तथा रथारोहण
चैत्र ४, २०७९