पोखरा, २ फागुन । यू–१८ आइटीएफ टेनिस प्रतियोगिताअन्तर्गत विहीवार एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न भए ।
अन्तराष्ट्रिय टेनिस महासंघ आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगितामा महिला डबल्सतर्फ जुवान इ ली र ली स्िन लिनको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै चाइनाकै ले इ लियु र इटोङ झाङको जोडी फाइनलमा प्रवेश गरेका छन्।
अर्को सेमिफाइनलमा चाइनाका युजुन लुओ र जियु झाङले जित हाँसिल गर्दै फाइनल पुगे । उनीहरुले चाइनाकै क्ङिलिङ झाङ र जिछुअन जेङको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
पुरुष एकलतर्फ क्वाटरफाइनलमा जापानका जेनी इनोले मलेशियाका जियान क्योङलाई ६–०, ६–०, भारतका उदयवीर सिंहले अमेरिकाका हानु पटेललाई ६–१, ६–१, भारतका इशान सेठ्ठीले चाइनाका चेन लियाङलाई ६–४, ६–३ तथा भारतका सार्थक सुदेनले जापानका केइजु मियाकेलाई २–६, ६–२ र ६–३ को कठिन सेटमा पराजित गरे। महिलातर्फ एकलमा भारतका रेन्नी सिंग्लाले चाइनाका इटोङ झाङलाई ६–१, ६–१, चाइनाका ले इ लियुले हंगेरीका अन्ना लाजोसलाई ६–०, ६–२, भारतका रिया बोभेजाले ताइवानका लि सिन लिनलाई ७–६, १–६ र ७–६, बुल्गेरियाका भिक्टारिया भेलेभाले चाइनाका क्ङ्गीलिङ झाङलाई ६–३, ७–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे।
शुक्रबार पुरुष तथा महिला डबल्सतर्फ फाइनल खेल हुनेछ। विजेतालाई शुक्रबार नै पुरस्कार वितरण गरिने संघ कास्कीका महासचिव नवीन चालिसेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
hero news full width
मुख्य समाचार
न्युरोडको जग्गा सम्याइँदै
अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
असार २०, २०७९तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९