पोखरा, २ फागुन । गुरुकुल विद्या सदनले बडी विल्डिङ विश्वच्याम्पियन महेश महर्जनलाई सम्मान गरेको छ।
नयाँबजारस्थित विद्यालयमा आयोजित समारोहमा विद्यालय अध्यक्ष इ. धर्म कोइराला, विद्यालय सञ्चालक बद्री पंगेनी, प्रमोद बराल, रामजी गौतम, कार्यक्रम संंयोजक शिक्षक रवि कार्की लगायतले महर्जनलाई नगद २५ हजारसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
खेलाडी महर्जनले सम्मानले आफूलाई यस क्षेत्रमा अगाडि बढ्न थप उर्जा मिलेको बताए। उनले अबको लक्ष्य मिष्टर युनिभर्स भएको बताउँदै सबैको सहयोग शुभेच्क्षा रहे आफू सफल हुने विश्वास व्यक्त गरे।
विद्यालय प्राचार्य अच्यूत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।सन् २०१८ मा थाइल्याण्डको चियङमई सिटीमा भएको १० औं वल्र्ड बडी विल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पुरुष शारीरीक सुसंगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा महर्जनले स्वर्ण पदक जितेर नेपाललाई चिनाएका हुन् ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९