विद्यार्थीलाई ओमद्वारा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
om bank_Fotor

पोखरा, २ फागुन । ओम डेभलपमेन्ट बैंकले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले माध्यमिक तहमा अध्ययनरत विद्यार्थी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिद्वारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराएको जनाएको छ।

बैंकले चितवन भरतपुरको नयाँ किरण माविमा अध्ययरत विद्यार्थीलाई सहायक महाप्रबन्धक दुर्गाराम पुरीले विविध विषयमा जानकारी दिए ।

यस्तै, भरतपुर तथा टाँडी शाखाका शाखा प्रबन्धकद्वारा बचत तथा ऋण लगानीबारे जानकारी गराएका थिए।

पोखरा २७ स्थित लक्ष्मी माविमा मुख्य शाखाका प्रबन्धक सुदीप पौडेल र सोही महानगरपालिकाको वडा २८ स्थित जनज्योति माविमा अध्ययनरत विद्यार्थीलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रबारे जानकारी गराइएको बैंकका प्रमुख कार्यकारी विश्वमोहन अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…
  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…

hero news full width