पोखरा, २ फागुन । सिद्धार्थ क्लबले अन्नपूर्ण गाउँपालिकामास्थित सरकारी तथा सामुदायिक विद्यार्थीका लागि लागुऔषध, एचआईभी तथा यौनजन्य संक्रमणसम्बन्धी अनुशिक्षण तथा प्राथमिक उपचार बाकस वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले लागुऔषध र यौनजन्य संक्रमणसम्बन्धी कार्यक्रमले जनचेतना फैलाउँदै स्वस्थ्य समस्या न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले लागुऔषध र यौनजन्य रोगबारे जानकारीका साथै रोगथामबारे विद्यार्थी जीवनबाटै जानकारी गराउन सकेमपरिवार तथा समुदाय स्वास्थ र सुरक्षित रहन सक्ने बताए ।
अन्नपूर्ण गाउँपालिका वडा २ का अध्यक्ष चूडामणि अधिकारीले गाउँपालिका केन्द्रित जनचेतनामूलक कार्यक्रमको निरन्तरताको अपेक्षा गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्राथमिक उपचार वाकसको महत्वबारे बताए ।
क्लबका निवर्तमान अध्यक्ष रवि मर्सानीले कार्यक्रमले समुदायमा प्रभावकारी भूमिका खेल्ने विश्वास गर्दै आपत्कालीन उपचारका लागि प्राथमिक उपचार बाकसले सहयोग पुर्याउने बताए ।
गाउँपालिका शिक्षा अधिकृत बलराम भुगार्इंले विद्यार्थीले सिकेका कुरा सहपाठी एवं परिवारका सदस्यमा पनि छलफल गरी सचेतना गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
संगम माविका शिक्षक हरिमान गुरुङ, मर्निङ स्टार आवासीय विद्यालयका छात्रा कविता भण्डारीले युवालक्षित र सान्दर्भिक कार्यक्रमले विद्यार्थीमा थप शिक्षा हासिल गर्न सहयोग गरेको बताए । कार्यक्रममा पोखरा विश्वविद्यालयका सहप्राध्यापक नीशा श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलका मेट्रन सृजना गौतमले सहजीकरण गरे ।
विद्यालयलाई औषधिसहितको प्राथमिक उपचार बाकस वितरण गरिएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष पार्वती माकाजूले स्वागत र सचिव प्रमोदनारायण श्रेष्ठले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७