नारायणदत्त स्मृति कोषबाट विद्यार्थी सम्मानीत

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
narayan_Fotor

नारायणदत्त दुर्गा रानाभाट स्मृति कोषबाट सम्मानित विद्यार्थीसहित अतिथि । तस्वीरः भीमपाणि बराल/आदर्श समाज

नारायणदत्त दुर्गा रानाभाट स्मृति कोषबाट सम्मानित विद्यार्थीसहित अतिथि । तस्वीरः भीमपाणि बराल/आदर्श समाज

लेखनाथ, २ फागुन । नारायणदत्त रानाभाट र दुर्गा रानाभाटको स्मृतिमा रानाभाट परिवारद्वारा स्थापित नारायणदत्त दुर्गा रानाभाट स्मृति कोषबाट ३ विद्यार्थी सम्मानित भएका छन् ।

पोखरा २६ का राजनीतिकर्मी तथा प्रजातन्त्रका सेनानी स्वर्गीय नारायणदत्त रानाभाटको सम्झनामा स्थापित ६ लाख ६ हजार ६ सय ६ रुपैयाँको अक्षयकोषबाट यस वर्षदेखि विद्यार्थी प्रोत्साहनस्वरुप सम्मान र जटिल खालको रोगबाट पीडित विद्यार्थीलाई आर्थिक सहयोग गरिएको हो।

वडाका सामुदायिक विद्यालयतर्फबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल लक्ष्मी माविका छात्र प्रदीप थापा, सोही विद्यालयकी छात्रा मनु पुन र भवानी कालिका माविका उत्कृष्ट विद्यार्थी कृष्ण राजभाटलाई सम्मान गरिएको हो ।

जटिल रोगबाट पीडित गरीब तथा जेहेन्दार विद्यार्थी युवराज रानाभाटलाई नगद २५ हजार आर्थिक सहयोग गरियो ।

भवानी कालिका माविको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा भएको कार्यक्रममा प्रदेश  सांसद कुमार खड्का, वडाध्यक्ष नारायणप्रसाद बराल र परिवारतर्फबाट विद्यार्थीलाई सम्मान गरिएको हो ।

कोषका संरक्षक देवेन्द्र रानाभाटले अक्षयकोष स्थापनाको उपादेयताबारे जानकारी गराएका थिए ।

सो कार्यक्रममा उपाध्यक्ष वेदनाथ ढुंगाना, सचिव कृष्ण रानाभाट र कोषाध्यक्ष ठाकुर रानाभाट लगायतले आ–आफ्नो धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width