म्याड्रिड, २ फागुन । पछिल्ला तीन सिजनको च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ ले हराएको हो । उसको यो जितमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) सहायक बन्यो ।
अवे मैदानमा खेलिरहेको युरोपीयन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अजाक्सका लागि निकोलास ताग्लिएफिकोले गरेको गोलले मान्यता नपाएपछि नतीजा रियलको पक्षमा गएको हो।
निकोलासले खेलको पहिलो हाफमा गरेको गोललाई भिएआरले मान्यता दिएन।रियलका लागि पहिले गोल खेलको ६० औं मिनेटमा करिम बेन्जिमाले गरेका थिए। यसैगरी रियलका लागि दोश्रो गोल मार्को एसेन्सिओले खेलको ८७ औं मिनेटमा गरे।
पहिलो हाफ बराबारी भएको खेलमा अजाक्सले ७५ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याए पनि हारबाट बच्न सकेन। ८७ मिनेटमा खाएको गोलले ऊ पछि पर्न गयो। अजाक्सका लागि हाकिम जियचले गोल गरेका थिए।
च्याम्पियन्स लिगमा भिएआर प्रविधि यो सिजनको नकआउट चरणदेखी प्रयोगमा ल्याइएको हो। यस खेलमा डच क्लब अजाक्सले केहि राम्रो अवसरहरू पाएको थियो जसले उसलाई जित दिलाउन सक्थ्यो तर ऊ भाग्यशाली रहन सकेन। पहिलो हाफका डुसन ताडिकले प्रहार गरेको बल गोलमा परिणत भएन भने डेविड नरिसले पनि पोस्ट प्रहारले पनि लक्ष्य भेटेन ।
यसैगरी सम्बसिट्यूट खेलाडीको रुपमा मैदान छिरेका कास्पर डोल्बर्गले इन्जुरी समयमा गोल गर्ने अवसरलाई सहि दिशा दिन सकेनन्।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९