नेपालको काशी देवघाटलाई बनाउनुपर्छ

देवघाटधाम विराट् ज्ञानमहायज्ञ

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
p_Fotor

देवघाट (तनहुँ), १ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले देवघाटधामलाई संस्कृत अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरेर महाधामको रुपमा विकास गर्नुपनेर्मा जोड दिएका छन्।

देवघाटधाम विराट् ज्ञानमहायज्ञ–२०७५ को बुधबार समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले भने, ‘नेपालको काशी देवघाटलाई बनाउनुपर्छ।’

उनले गण्डकी प्रदेश धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गरेर सरकारले त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्म जोड्ने कालीगण्डकी करिडोरको काम शुरु गरेको बताए। साथै उनले १ वर्षभित्रै देवघाटलाई राजमार्गसम्म जोड्ने पिंच बाटो निर्माण गर्ने आश्वासन दिए।

बुधबारमात्र देवघाटमा पहिलो पटक पाइला टेकेका मुख्यमन्त्री गुरुङले देवघाटधामजस्तो महत्वपूर्ण स्थानको प्रदेशको मुख्यमन्त्री बन्न पाउँदा आफूलाई गौरव लागेको बताए।

समारोहमा आशीवर्चन प्रदान गदैर्र् गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीले धर्म, संस्कृति र संस्कारको उपेक्षा भयो भने राष्ट्र खोक्रो हुने बताए। साथै उनले देशभरका धार्मिक व्यक्तित्वहरु देवघाटमा उतार्न महायज्ञ सफल भएको उल्लेख गरे।

अभय वेदान्त साधना गुठीका पीठाधीश कृष्णानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र कायम गर्नुपनेर्मा जोड दिए।

समारोहको अध्यक्षको आसनबाट महेश सन्यास आश्रमका पीठाधीश एवं यज्ञका मूल प्रवक्ता १००८ स्वामी रमणानन्द गिरिले नेपालको माटोको धर्म र सुगन्ध बचाउने र सांस्कृतिक चेतनाको धारालाई निरन्तरता दिने ध्येयले महायज्ञ आयोजना गरिएको बताए। उनले धर्म निरपेक्ष भनेर भ्रमजालमा पार्न खोजिएको उल्लेख गर्दै राज्यको धर्म भएन भने ‘के राज्य अधर्मले चल्छ?’ भनी प्रश्न गरे। साथै उनले तराई, पहाड र हिमाललाई जोड्ने एकमात्र क्षेत्र सनातन धर्म भएको धारणा राखे। स्वागत मन्तव्य राख्दै देवधाट धार्मिक क्षेत्र विकास समिति अध्यक्ष तथा महायज्ञ मूल आयोजक समिति उपाध्यक्ष शिवराज पौडेलले सनातन धर्म संस्कृतिको संरक्षणको लागि महेश सन्यास आश्रम केन्द्रित रहेको बताए।

कार्यक्रम संचालन महायज्ञका सहमहासचिव उपप्राध्यापक फणिन्द्रप्रसाद पौडेलले गरेका थिए। महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलको रजतवर्ष महोत्सव अवसरमा गत माघ २२ देखि शुरु महायज्ञ अवधिमा विभिन्न क्षेत्रका मानिसहरुको घुइँचो रहेको महायज्ञ मूलआयोजक समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width