किशोरीलाई आत्मरक्षा तालिम

एजेन्सी
फागुन २, २०७५
taekwondo_Fotor

पोखरा, १ फागुन । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा बुधबारदेखि महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम शुरु भएको छ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले तालिम उद्घाटन गर्दै प्रदेश सरकारले गण्डकी प्रदेशभरका स्थानीय तहमा खेलकुदका पूर्वाधार बनाउन लागिरहेको बताइन्। उनले पछिल्लो समय महिला तथा बालबालिका हिंसाका घटना सार्वजनिक भइरहँदा आत्मरक्षासम्बन्धी तालिमले त्यस्ता घट्ना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको बताइन्। मन्त्री पुनले यस्ताखालका तालिम सबैले लिनुपर्ने भन्दै त्यसको अभिभावकत्व प्रदेश सरकारले लिन तयार रहेको बताइन्।

नेपाल टेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक डा नमरजंग गुरुङले तालिमले महिला तथा किशोरीहरुलाई आत्मरक्षामा उपयोगी हुने बताए। तालिमपश्चात समाजमा महिला हिंसा तथा दुव्र्यवहारमा कमी आउने आफूले विश्वास लिएको बताए।

तेक्वान्दो संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्पोर्टस साईन्स कलेज लगायतका संस्था आयोजकका रुपमा रहेको तालिम आगामी सोमबारसम्म सञ्चालन हुनेछ। तालिममा पोखरा लगायत स्थानबाट २ सय ५० बढी किशोरी तथा महिलाको उपस्थिति रहेको गण्डकी प्रदेश तेक्वान्दो सघंका अध्यक्ष्य जगन गुरुङले जानकारी दिए।

तेक्वान्दो, बक्सिङ, मार्सल आर्टस् खेलसँग सम्बद्ध एक सय प्रशिक्षकलाई प्रशिक्षण तथा किशोरीलाई कोरियाका योमिङ युनिभर्सिटिका प्रा डालिङ सङ गिल, नेपालका प्रशिक्षक नमरजंग गुरुङ, डा अच्छुतम लामिछाने, लि सङ मीन, लि सङ ही लगायतले प्रशिक्षण दिनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width