काठमाण्डौ, २ फागुन । भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुल्न आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्त नै घुस काण्डमा संलग्न रहेको खुलेको छ ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेका अख्तियारकै आयुक्तहरु, सरकारका सचिवले जनाएका छन् ।
भिडियो हेरेका उनीहरूले त्यो भिडियोमा पाठकले घुस लिएको प्रष्ट देखिएको बताए। यो घुस काण्डको क्रममा गोप्य रुपमा करिब नौ घण्टाको भिडियो रेकर्ड गरिएको थियो । आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएका हुन्। २०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले उक्त रकम लिएको भिडियोबाट देख्न सकिनछ ।
अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेको भिडियो केही दिनअघि एक जनाले सार्वजनिक गरेका थिए ।
‘पैसा लिनुभयो तर काम गर्दिनुभएन भन्ने सवालमा आयुक्त पाठकले म प्रमुख आयुक्त हुँदैछु। त्यसपछि तपाईंहरूको काम गर्दिन्छु। अनि म पनि कमाउँछु तपाईंहरूले पनि कमाउनुहोला भनेका छन् । आयुक्त पाठकले घुस लिएको स्वीकार गरेको भिडियो नेपाल इन्जिनियरिङ कलेज सञ्चालकहरुले प्रधानमन्त्री ओली, गृह सचिव प्रेम राईलाई समेत अवगत गराइसकेका छन्।
आयुक्तलाई दिएको घुस काम नभएपछि फिर्ता लिनका लागि यस्तो प्रयास गरेको उनीहरुले बताएका छन्।तर प्रधानमन्त्री र सरकारी निकायलाई भिडियो उपलब्ध गराएको धेरै दिन भइसक्दा पनि त्यसबारे कुनै सुनुवाइ नभएको स्रोतहरुको दाबी छ।
७८ लाख रुपैयाँ घुस लिएको विषयबारे आयुक्त पाठकका तीन वटै मोबाइल अफ छन्।
भिडियो खिचेको थाहा पाएपछि पाठकले विभिन्न दलाल तथा सरकारी कर्मचारीलाई प्रयोग गरी त्यसलाई बाहिर सार्वजनिक हुनबाट रोक्न धेरै कोशीश गरेका थिए। अख्तियार, शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारी एवं प्रहरी समेत परिचालन गरी भिडियो जफत गर्ने प्रयास भएको थियो।
भिडियो खिच्ने मोक्तान र झा थरका दुई व्यक्तिको पछि लाग्न उनले प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरीले उनीहरुको पृष्ठभूमि पत्ता लगाए पनि भिडियो फर्काउन सकेन।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०