प्रणय दिवसका आवसरमा मायालु डाँडामा भिड

रासस
फागुन २, २०७५
love photo

गलेश्वर, २ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ ।

सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त डाँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताए ।

यतिवेला म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए ।

“विभिन्न आधुनिक पोशाकमा सजिएर मोटरसाइकल, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता झन वृद्धि हुँदै गएको छ”, उनले भने । “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषिउपज र फलफूलको पनि व्यापार बढेको छ ।”

मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले मायालु डाँडामय बन्न पुगेको छ ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त डाँडामा अहिले दिनहुँजसो सयौँको सङ््ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस त्यहाँ पुग्ने गरेका छन् । मायालु डाँडाको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्नेहरूको ओइरो नै लाग्ने गरको छ ।

त्यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक मायालु डाँडामा परिणत भएपछि समूह–समूह बनाएर दैनिक युवापुस्ताको भिड लाग्ने गरेको छ । अन्य बेलासमेत त्यहाँ मानिसको उपस्थिति देखिन्छ भने बिदा र शनिबारको दिनमा त झनै भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती मायालु डाँडामा देखिन्छन् ।

Related News

सम्बन्धित समाचार

  • स्त्री रोगसम्बन्धी शिविर

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । ६६ औं सहकारी दिवस अवसरमा जय मनकामना बचत तथा ऋण सहकारी संस्था, लामाचौरले स्त्री रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर गरेको…
  • आनन्दित गृहमा डा. यज्ञमान

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । पोखराको माटेपानीस्थित आनन्दित गृह नेपालमा पुरानै कार्यसमिति दोहोरिएको छ । संस्थाको शनिबार नवांै साधारणसभा तथा पाँचौं अधिवेशनले डा.…
  • हक अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय हक अधिकारका लागि सामुहिक एकता आवश्यक रहेको बताए । पोखरामा तमू…
  • स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल देखि पोखरा २७ तालचोक सम्मको सडक मर्मत गरिएको छ । हाम्रो बेगनासताल, राम्रो…
  • कमलपोखरीको डुबान रोक्न सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । बस्तीलाई डुबानबाट जोगाउनलाई कमलपोखरी ताल आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । शनिबार ताल क्षेत्रको फोहोर संकलनसँगै ताल क्षेत्रबाट…

hero news full width