जनयुद्धले यतिवेला धक्का खाएपनि भविष्यमा राम्रो —वैद्य

Avatar एजेन्सी
फागुन १, २०७५
mohan b photo


पोखरा, १ फागुन । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नजाने वताएका छन् ।

जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनको ठम्याई छ ।
२४ औं जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले भने – नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् ।

जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ ।

वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तीको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads