लेखनाथ, २९ माघ। पोखरा–३२, खुँदीखोलामा रहँदैआएका सुकुम्वासी वडा कार्यालयले दिँदै आएको सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न माग राख्दै मंगलबार वडा कार्यालय भवन घेराऊ गरेका छन् ।
२०५४ सालदेखि खुँदीखोला किनारको करिब ९ सय रोपनी क्षेत्रफलमा ६ सय ५० घरधुरीमा करिब ४ हजार संख्यामा सुकुम्बासी बस्दै आएका छन् । सयौंको संख्यामा आएका उनीहरुले मंगलवार बिहान १० बजेदेखि वडा कर्यालय घेराउ गरेका हुन्। राज्य पुर्नर्संरचना भैसके पनि जनप्रतिनिधिले आफ्नो सेवा सुविधा कटौती गरेको आक्रोशमा कार्यालय घेराऊ गरिएको उनीहरुले बताए ।
अखिल नेपाल सुकुम्वासी संघ पोखरा–३२ का अध्यक्ष जेवी घलेले विगतका सरकारले दिएका निम्नतम सुविधा लालपूर्जा वितरण नगरिनु, बसाइँसराइ र वडा मार्फत विनियोजित रकम उपलब्ध नगराउनु, वृद्धभत्ता जस्ता निम्नतम् सुविधाबाट वञ्चित गरेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।
उनले सुकुम्बासी समस्या समाधान नगरी दलहरुले भोटको खेती गरेको भन्दै आक्रोश पोखे ।
वडाध्यक्ष अक्कलबहादुर कार्कीले वडामा सुकुम्बासीका समस्या चर्को रुपमा रहेकोले महानगरपालिका र सुकुम्वासी आयोगले जायज माग सम्बोधनमा ध्यान दिनुपर्ने बताउँछन् ।
कार्यक्रममा टोल अध्यक्ष भूपेन्द्र मास्के, अर्जुन मल्ल, सचिव रुपेश परियार, जगत परियार, सुलबहादुर परियार लगायतले राज्यको तर्फबाट पाउने सुविधा वञ्चित गरेमा आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७