सल्युट गोर्खाको बधाई तथा सम्मान

एजेन्सी
फागुन १, २०७५
salute

पोखरा, २९ माघ। सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति हुन सफल युवा र तिनका अभिभावकलाई बधाई तथा सम्मान गरेको छ।

सल्युट गोर्खाबाट यस वर्ष २९ जना फाइनल पुगेकोमा ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा १८ जना भर्ति हुन सफल भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले भर्ति हुन सफल युवालाई बधाई दिँदै भर्ति प्रकृया निःशुल्क, निष्पक्ष र पारदर्शिता रहने बताए। उनले अरुको बहकाउमा नलागी आफ्नो क्षमता भएमा अवश्य सफल भइने विश्वास व्यक्त गरे।

केन्द्रका प्रबन्ध निदेर्शक राहुल पाण्डेले वीर गोर्खालीको गरिमामय इतिहास जोगाइराख्ने उद्देश्यले सन् २००९ मा सेन्टर स्थापना गरिएको बताए।

उनले फौजी हुनका लागि सोही अनुसारको शिक्षा, शारीरिक तालिम, काउन्सेलिङ, मोटिभेसनल कक्षा सञ्चालन गर्ने जनाए। उनले ब्रिटिस आर्मी सिंगापुर पुलिस, इण्डियन आर्मी लागायत अन्य गोर्खा सैनिकमा भर्ति हुने सुनौलो अवसरबाट कोही पनि बञ्चित नहुन भन्नका लागि विभिन्न माध्यमबाट जानकारी दिने गरेको बताए ।

काठमाडौं, बुटबल र दाङमा शाखा रहेको सो केन्द्रले स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिंगापुर पुलिस, इन्डियन आर्मी नेपाल आर्मी लगायतका विभिन्न देशमा करिव ५ सय जना हाराहारीमा गोर्खा सैनिक भर्ति गराउन सफल हुँदैआएको छ ।

कार्यक्रममा मुख्य तालिम प्रशिक्षक अमृत गुरुङ, अभिभावक विपीन पालुङगे लगायत बोलेका थिए भने । कार्यक्रममा स्वागत तालिम केन्द्रका काठमाडौं शाखा प्रमुख रमेश पाण्डेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width