प्रेमीकाको विषयलाई लिएर सचिनको हत्या

आदर्श समाज संवाददाता
माघ २९, २०७५
p 292


पोखरा, २९ माघ । पोखरा –६ लेकसाइडमा बस्दै आएका १४ वर्षीय बालक सचिन सिँजालीको हत्यामा सम्लग्न भएको आरोपमा कास्की प्रहरीले पर्वत जिल्ला मल्लाजका २१ बर्षीय कुमार गर्बुजालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कुमार गर्बुजाले पाल्पा जिल्ला रम्वापानी गाउँपालिका घरभई पोखराको लेकसाइड स्थित शान्तिनगरमा आमा सुनीतासँग बस्दै आएका १४ बर्षीया बालक सचिन सिंजालीको मंगलवार विहान लेकसाइडको एक निर्मार्णाधिन घरको भूइतलामा चक्कुले घाँटी रेटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक होम रानाले हत्या गरेर फरार रहेका कुमार गर्बुजालाई मंगलवार दिउसो घटनास्थल नजिकै लेकसाइडवाट पक्राउ गरिएको वताए । हत्या अभियोगमा पक्राउ परेका कुमार गर्बुजाले वालक सिंजालीको हत्यामा सम्लग्न भएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । उनीहरु सडकमा नै खाने र सडकमा नै वस्ने गर्थे । सडक वालिका १४ बर्षीया सुनिताको विषयलाई लिएर सिंजालीको हत्या भएको प्रहरीले जानकरी दिएको छ ।

उक्त निर्माणाधिन घरमा वालकको हत्या भएको भन्दै मंगलवार विहान कुमारले नै प्रहरीलाई फोन गरेर जानकरी दिएका थिए । प्रहरीका अनुसार सोमवार दिउसो ४.०० वजे हत्या आरोपी कुमार गर्बुजा, सुशान्त परियार, १४ बर्षीया सुनिता गुरुङ, रक्सी पिएर वसेका र त्यही समयमा सचिन सिंजाली पनि त्यही आएरसँगै रक्सी पिएका र केही समयपछि कुमार, सुनिता र सचिन नजिकैको सेन्टरप्वाइन्ट होटल भित्र रक्सीपिउन गएका थिए । उनीहरु उक्त होटलमा साँझ सात वजेसम्म वसेको र त्यसपछि क्याम्पिङ चोकमा टहलिएका थिए ।

सोमवार राति नौ वजे कुमार, सचिन, सुनिता, सुशान्त घटनास्थल उक्त निर्माणाधिन घरमा पुगेर डेनडाईट सुग्दै वसेका थिए । त्यसैक्रममा सुनितासँग सचिन वोलेको र विवाह गर्ने कुरा गरेको कुमारले सुनेपछि कुमारले आफ्नो गलर््फे्रन्डसंग सचिनले विवाहको कुरा गर्ने भन्दै केही गरेर छाड्छु भन्ने सोँच वनाएका थिए ।

सुनिता राति १०.३० वजे पृथ्वीचोक तर्फ सुत्नभनी गएको र त्यसपछि कुमार, सचिन, सचिन र सुशदेव माग्न भनी लेकसाइडकको बिजीवी होटलमा पुगेका त्यसपछि घटनास्थलमा दुई जना वालकलाई तिमीहरु सुत भनी कुमार र सचिनवीच केटीका विषयमा वादविवाद भएको र सचिनले आफूसंग भएको सानो चक्कु निकालेर कुमारको खुट्टामा प्रहार गरेको र त्यसपछि कुमारले सचिनको चक्कु खोसी सचिनलाई घोप्टो पारी घाँटी रेटेर हत्या गरेका थिए । कुमारले चक्कुले सचिनको घाँटी, पेट र ढाडमा प्रहार गरेका थिए । हत्या गरेपछि कुमार सोमवार राति १२.५० वजे त्यहावाट भागेका थिए्, दुई जना वालक पनि डरले कुमारसँगै पछि लागे ।

राती नै उनीहरु पोखरा—९ शान्ति वनमा आएर प्रहार गरेको चक्क ढुंगाले छोपी पृथ्वीचोकमा फर्किएका थिए । मंगलवार विहान २.१५ वजे कुमार सहित ती वालक हत्या गरिएको घटनास्थल लेकसाइड गई सचिनलाई उत्तानो पारेर सुताई कुमारले सेन्टरपोइन्छ होटलमा आएर सचिनको हत्या भएको भन्दै प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेर हत्यामा सम्लग्न कुमारलाई पक्राउ गरेको र उनलाई कर्तब्य ज्यानमा मुद्दा चलाइने जानकारी कास्कीका एस्पी ओम रानाले दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width