पोखरा, २९ माघ । पोखरा –६ लेकसाइडमा १४ वर्षीय बालकको सोमबार राति हत्या भएको छ । पाल्पा जिल्ला घरभई पोखराको लेकसाइडमा आमा सुनीतासँग बस्दै आएका सचिन सिँजालीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
हत्या गरिएको अवस्थामा मंगलवार विहान लेकसाइडको हल्लनचोक स्थित एक निमार्णाधिन घरको भूइतलामा उनको शव भेटिएको हो । उनका बाबु गोविन्द भने १२ बर्षदेखि पत्नी सुनीतासँग सँगै नवसेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न भएको आशङ्कामा दुई तीन जनालाई पक्राउ गरिएको र हत्यामा सम्लग्न व्यक्ति छिट्टै पहिचान खुल्ने वडा प्रहरी कार्यालय वैदामका डियस्पी नवीन कार्कीले वताए । घटनाको वारेमा थप अनुसन्न्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाखोरमा राखिएको छ । वालककी आमा सुनीता पोखराको लेकसाइड स्थित एक स्पा मा काम गर्दै आएकी छन् ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९