पोखरा, २८ माघ । धनञ्जय गोत्रीय भण्डारी समाज, पोखरा–२१ निर्मलपोखरी खच्र्याङको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको सम्पन्न १४ औं साधाणसभा तथा आठौं अधिवेशनले पुनः खेमराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको सचिव यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
कार्यसमितिमा उपाध्यक्ष सीता भण्डारी, सचिव यज्ञप्रसाद भण्डारी, सहसचिव नवराज भण्डारी र कोषाध्यक्ष पवित्रमणि भण्डारी छन् । सदस्यमा हरिप्रसाद, लोकराज, सरिता, बिमला, टीकाराम र हरिप्रसाद भण्डारी चयन भए। कार्यसमिति २ वर्षको हुनेछ ।
प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष शोभाखर भण्डारीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथिसहित समाजका पूर्व कोषाध्यक्ष रघुनाथ भण्डारी, पूर्व सचिव सोमनाथ भण्डारी, पूर्व अध्यक्ष एवं सल्लाहकार तारानाथ भण्डारी, वडा २१ सदस्य बैकुण्ठ भण्डारीले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा एसइई २०७३ मा निजी विद्यालय छात्रातर्फ उत्कृष्ट निर्मला भण्डारी, प्रकृति भण्डारी र छात्रतर्फ अशेष भण्डारी, सामदायिक छात्रातर्फ सुमित्रा भण्डारी र छात्रतर्फ विवश भण्डारीलाई पुरस्कृत गरियो ।
यस्तै, एसइई २०७४ मा निजी विद्यालय छात्रातर्फ शुभेक्षा भण्डारी, छात्रतर्फ मनिष भण्डारी, सामुदायिक छात्रातर्फ सुजता भण्डारी र छात्रतर्फ शरद भण्डारीलगायत एसइई उत्तीर्ण २९ जना विद्यार्थी र २०७२ मा त्रिवि वनस्पति शास्त्रमा स्नातकोत्तरमा सर्वप्रथम हुने प्रवीण भण्डारी र वडा सदस्यमा निर्वाचित बैकुण्ठ भण्डारीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो।
समाजका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष पवित्रमणि भण्डारीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रम सञ्चालन सचिव यज्ञप्रसाद भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९