हेमजा, २८ माघ। हेमजास्थित ग्रामप्रकाश आधारभूत विद्यालयको ६० औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भयो। त्यस अवसरमा पढाइ उत्सवसमेत भयो ।
प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले बालबालिकाले सजिलै शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनाउँदै कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी शिक्षक भएको भन्दै गुनासो गरे।उनले विद्यार्थी संख्या आधारमा विद्यालय खाजा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गरे।
सो अवसरमा स्रोतव्यक्ति भीमराज शर्मा पौडेल, हिमालय बौद्घ फाउन्डेसनका सल्लाहकार रामचन्द्र त्रिपाठी, समाजसेवी मधुसुदन त्रिपाठी, देवकृष्ण पौडेल, भूतपूर्व अध्यक्ष धर्मजंग कुँवर, अभिभावक नारायणप्रसाद पौडेल लगायतले पनि भनाइ राखेका थिए।
उनीहरुले विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने तथा शैक्षिक गुणस्तर बढाउनुपर्ने सुझाव दिए।
कार्यक्रमबीच स्थानीय कुलचन्द्र बास्तोलाले खाजा कार्यक्रम अक्षयकोषमा ४० हजार सहयोग गरेका थिए।
कार्यक्रममा विभिन्न व्यक्ति एवं संघसंस्थालाई सम्मान गरियो । सम्मानित हुनमा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष धर्मजंग कुँवर, भूपू अध्यक्ष नारायणप्रसाद पौडेल, भूपू प्रअ जान्हवी त्रिपाठी र राधिका कुँवर, विद्यालयका अध्यक्ष नगेन्द्रराज पौडेल, हिमालय बौद्घ फाउन्डेसनका अध्यक्षकुमार गुरुङ, वडाध्यक्ष शोभाकर तिम्सिना, स्थानीय गंगादेवी पौडेल, समाजसेवी रामचन्द्र त्रिपाठी, तिलबहादुर भुजेल, खिममाया अधिकारी, दया सापकोटा, नेपाल जापान एजुकेशन सपोर्ट क्लब रहेका छन्। त्यस्तै वर्ष अभिभावकबाट सम्झना थापा सम्मानित भइन् ।
प्रधानाध्यापक मनहरि तिम्सिनाले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पादै खाजा कार्यक्रम संचालनपछि स–साना विद्यार्थी पनि नियमित विद्यालय आउने गरेको बताए। उनले विद्यालयमा फर्निचरको अवस्था नाजुक रहेको पनि औँल्याएका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रराज पौडेलले विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेको भनाइ राखे।
पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा शिक्षिका इन्दिरा लम्सालले स्वागत तथा शिक्षक प्रेमबहादुर कुँवरले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०