प्रवासबाट नेपालमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
manakamana_Fotor

पोखरा, २८ माघ । अष्ट्रेलिया सिड्नीस्थित सगरमाथा फुटबल क्लबले बोत्तल उठाएर संकलन गरेको रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको छ।

विद्यालयमा आयोजित एक समारोहमा क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन्।

‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दै र्आएको छ। क्लबमा हाल ३० जना खेलाडी छन्।

क्लब प्रशिक्षक तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अष्ट्रेलियाका विभिन्न रेष्टुरेष्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। सो सहयोगप्रति विद्यालय परिवारले आभार प्रकट गरेको छ।

क्लबले नेपालबाट अष्ट्रेलियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गदैर्आएको क्लब सदस्य समेत रहेका पोखराका फोटोपत्रकार राम गुरुङले जानकारी दिए।

नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ। हाल अष्ट्रेलियामा प्रवासी नेपालीकै दुई दर्जन बढी फुटबल क्लब छन्।

Related News

सम्बन्धित समाचार

hero news full width