हेमजा, २८ माघ। हेमजा लामाचौतारास्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिकोत्सव, स्वास्थ्य एवम् खेलकुद सामग्री वितरण कार्यक्रम सोमबार सम्पन्न भयो।
कार्यक्रममा सहकारी अध्यक्ष धनबहादुर थापाले छरिएर रहेको पुँजी व्यवस्थित गर्न सहकारी सफल भएको बताउँदै हेमजामा कुल १९ वटा सहकारी भएपनि सफल कृपा सहकारी हरेक तवरले अग्रस्थानमै रहेको दाबी गरे।
विष्णुपादुका फुटबल एकेडेमी संयोजक सुविन श्रेष्ठले सहकारीले नाफा आर्जनका साथसाथै सामाजिक कार्य पनि गरेको भन्दै सहकारीका क्रियाकलापको प्रशंसा गरे।
विष्णुपादुका माविका प्रधानाध्यापक बुद्घिप्रसाद बास्तोलाले हेमजामा छरिएर रहेको बाँकी पुँजी एकीकृत गर्न सहकारी लाग्नुपनेर्मा धारणा राखे।
लेखा संयोजक गणेशबहादुर थापाले सहकारीको मर्म सिद्घान्त अनुसार संस्था चलिरहेको औल्याउँदै संस्थाले बचत संकलन र ऋण प्रवाहमा राम्रै प्रगति गरेको बताए ।
कार्यक्रमबीच विष्णुपादुका मावि, बालकल्याण आधारभूत विद्यालय, स्नो भ्यू बोडिङ स्कूल तथा विष्णुपादुका फुटबल एकेडेमीलाई दुई/दुई थान बल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो।
सहकारी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखा संयोजक गणेशबहादुर थापाले स्वागत तथा सचिव भरतबहादुर थापाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९