एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

रासस
माघ २९, २०७५
karagar photo

  •  मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार
  •  अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु
  • रुघा, खोकी, दम, ज्वरो, टाइफाइडका कारण

काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो, उनले भने ।

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए ।

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…
  • गण्डकी पेट्रोलियम कम्पनीले मनायो स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी पेट्रोलियम कम्पनी प्रालिले स्थापनाको ऐतिहासिक स्वर्ण महोत्सव मनाएको छ । पोखरामा शनिबार आयोजित समारोहमा विभिन्न व्यक्तिलाई सम्मान, स्मारिका…
  • पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…

hero news full width