चितवन, २९ माघ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास होमस्टे हुने गरेको छ । माडी नगरपालिका —८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेका ११ घरपरिवारले सञ्चालन गर्दै आएका छन् ।
सो क्षेत्रमा रहेका निजी होटलको भन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरबासमा परम्परागत खानासँगै संस्कृति र कलाको आनन्दमा आकर्षित हुने गरेका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार एउटा घरमा दुई वटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् ।
पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको माडी क्षेत्र निकुञ्ज र चुरे पहाडको बीचमा पर्दछ । प्राकृतिक सुन्दरतासँगै धार्मिक र कृषि क्षेत्रको अवलोकन गर्न पनि यहाँ पर्यटक आउने गर्दछन् । विसं २०७२ मा शुरु भएको घरबासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए ।
अध्यक्ष मगरले पाहुना धेरै आएपछि उत्साहित हुँदै भने, “हालसम्म हामीले १० हजार ४०० पाहुनाको स्वागत गरिसकेका छौँ, घरबासमा आउनेलाई मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । उनका अनुसार देशैभरबाट घरबासमा पाहुना आउन थालेका छन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरबासमा बस्ने गरेको मगरको भनाइ थियो ।
साविक अयोध्यापुरी गाविसका अध्यक्ष पूर्णभद्र पनेरु यहाँ आउने पर्यटकको बसाइँको पहिलो छनोट अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरबास बन्ने गरेको बताउछन् । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरबासमा सोरठी, मारुनीसमेतको आनन्द लिन पाइन्छ । पर्या–पर्यटनसँगै धार्मिकरुपमा वैकुण्ठ ताल हेर्न आउने पनि यहीको घरबास पुग्छन् ।
शुरुमा अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले एउटा घरबासलाई रु तीन लाखका दरले बिनाधितो ऋण दिएर शुरु गरिएको हो । सो सहकारीका अध्यक्षसमेत रहनुभएका पनेरुका अनुसार घरबास सञ्चालन गर्नेलाई तालीमसमेत दिइएको छ । पछि तराई भूपरिधि कार्यक्रम (ताल)ले स्तरोन्नतिका लागि आर्थिक सहयोग गरेको छ । तालले एक परिवारलाई घरबास व्यवस्थित गर्न रु दुई लाख ५० हजार हाराहारी खर्च गरेको पनेरुले जानकारी दिए । व्यवस्थित पलङ, कोठाको सजावट, शौचालय, तातोपानी लगायतमा तालले सहयोग गरेको हो ।
घरबासमा हालै मात्र नेपालका लागि अष्ट्रेलियन राजदूतले भ्रमण गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष मगरले बताए । घरबास सञ्चालक तुलबहादुर पुन मगर बजारको भन्दा सस्तो र सुलभ मूल्यमा खान, बस्न पाउने भएपछि पर्यटक आउने गरेको बताउछन् ।
बजारमा कोठाको रु एक हजारदेखि रु एक हजार ५०० सम्म पर्ने भए पनि घरबासमा रु ६०० मा बस्न पाइने उनले बताए । खानामा पनि बजारको भन्दा सस्तो मूल्यमा खुवाउने उनको भनाइ थियो ।
उनले भने बजारमा बस्नुभन्दा घरबासमा बस्नु सस्तो र खाना स्वस्थकर भएकाले पर्यटकको आगमन बढेको छ । घरायसी काम गरेर घरबासबाट मात्रै रु ३० देखि ३५ हजारसम्म मासिक कमाई हुँदै आएको मगरले बताए । घरबासमा रु २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाईन्छ । घरबासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारी खेती गर्नसमेत सहयोग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
पर्यटन समस्या सम्बोधनको माग
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
गाउँलेलाई भिटोफको गाइड तालिम
पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९