मन्त्री वुढाद्धारा पोखराको पर्यटकीय क्षेत्र अवलोकन

आदर्श समाज संवाददाता
माघ २८, २०७५
minister buda_Fotor

पोखरा, २८ माघ । लोलुफेरा—लोमान्थांग–लुम्विनी, फेवा–रारा राष्टिय कार्यशालामा सहभागी हुन आएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन।

अवलोकन गर्ने क्रममा आफ्नो मन्त्रालयसँग सम्वन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्रविन्दु वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पनि अवलोकन गरेका छन् । क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. ठाकुर सिलवालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा मन्त्रीले कर्णाली प्रदेशबाट वन संकायमा अध्ययनका लागि आउने विद्यार्थीलाई विशेष प्राथामिकता दिन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको अध्ययन, अध्यापन तथा अनुसन्धानका विषयमा विषेश प्रस्तुति अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा सह प्रध्यापक डा. वीर वहादुर खनाल क्षेत्रीले दिएका थिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएर उक्त संस्थानमा स्नातक र स्नातोकोत्तर तहमा अध्ययनरत करीव २० जना विद्यार्थीलाई भेटेर मन्त्री सिंहले अध्ययनपछि समृद्धिको लागि योगदान दिन आग्रह गरेका थिए ।

आफ्नो दक्षतामा निखारता ल्याउन पनि उनले विद्यार्थीलाइृ आग्रह गरेका थिए । सिलवालले कर्णाली प्रदेश अन्तर्गतकै रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा २ वर्ष लामो सेवाको अनुभव सुनाएका थिए । कर्णाली प्रदेश घर भई वन विज्ञानमा अध्ययनरत विद्यार्थी, अध्यापन गराउने उप प्रध्यापक र कर्णाली पोखरा सम्पर्क मञ्चका सह संयोजक मुक्ति प्रसाद आचार्य सहितको उक्त कार्यक्रममा उपस्थित थियो ।कार्यक्रमको संञ्चालन स्नातोकोत्तर पहिलो वर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नवराज शाहीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नौंचुपैंगी लामा महायान गुम्बा उद्घाटन

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगी लामा महायान बौद्ध गुम्बाको गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । प्रदेश…
  • पर्यटन प्रवद्र्धनमा टेबान

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७९
    पोखरा । अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान) ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म…
  • पर्यटकीय गन्तव्य पचभैया प्राणी उद्यान

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार नयाँ पर्यटकीय…
  • पाहुना पर्खदै बेनीका होटल   

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    म्याग्दी । बेनीको बजार     जता माया उतै छ नजर     किरमिरे जाली रुमाल ।     टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१…
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान

    धनबहादुर गुरुङ फागुन १७, २०७९
    पोखरा। आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । सौर्य एयरलायन्सको विमान बुधबार राति काठमाडौंदेखि उडेर…

hero news full width