धम्पुस र ब्रेकन शहरबीच मितेरी सम्बन्ध गाँसेपछि समझदारी पत्र साटासाट गर्दै दुवै शहरका प्रतिनिधि मण्डल ।
धम्पुस, २७ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ ।
आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर र टाउन क्लार्क फियोना विलियम्सले सम्बन्धपत्रमा हस्ताक्षर गरेर मितेरी सम्बन्धलाई औपचारिकता दिएका हुन् ।
दुई देशबीच अन्तर सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेपनि गाउँ तहमा सम्बन्ध गाँसिएको यो पहिलो रेकर्ड हो । यो सम्बन्धले नेपाल र बेलायतको अन्तरसम्बन्ध पनि नयाँ उचाईमा पुगेको बताईएको छ । मितेरी सम्बन्धको विशेष समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले मितेरी सम्बन्ध पछि एकअर्कामा रहेको सामाजिक–आर्थिक सहयोग आदानप्रदान हुने विश्वास ब्यक्त गरे ।
उनले मितेरी सम्बन्ध भावनाको संयोजन भएको भन्दै यसलाई अर्थतन्त्रसँग पनि जोड्न सकिने बताए । ‘मागेर देशको विकास हुँदैन भन्ने हामी स्पष्ट छौं । हाम्रो देशको विकास हामी आफैले गर्ने हो, उनले भने–मितेरी सम्बन्धले एकअर्काको सामाजिक र सांस्कृतिक पाटो जोडिनेछ । त्यसपछि विस्तारै आर्थिक विकासमा पनि हातेमालो हुन्छ । दुवै शहरले आफ्ना दायित्व विर्सिनु हुँदैन । उनले धम्पुस र ब्रेकनको मितेरी सम्बन्धले गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने बताए ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले धम्पुस र ब्रेकनको मितेरी सम्बन्धपछि नेपाल–बेलायतको सम्बन्ध जनस्तरमा पनि विस्तार भएको बताए । ‘अहिलेसम्म दुई देशबीच मात्रै पारस्पारिक सम्बन्ध थियो । अव त्यो जनस्तरमा पुगेको छ, उनले भने–समुन्द्रपारिको दुई देश भावनात्मक रुपमा जोडिएका छन् । यो सम्बन्धले आर्थिक तथा भौतिक विकास पनि नयाँ उचाईमा पुग्ने हाम्रो विश्वास छ । मितेरी सम्बन्ध जोड्नका लागि ब्रेकनबाट २३ जनाको प्रतिनिधिमण्डल धम्पुस आएको थियो । निकै फरक रहनसहन र फरक जीवनशैलीका यि दुई शहरबीचको मितेरी सम्बन्ध गाँस्ने चाँजोपाँजो पूर्व गोर्खा मेजर खुशीमान गुरुङले मिलाएका हुन् । करिब १८ महिनाको प्रयासपछि धम्पुसमै आएर मितेरी सम्बन्ध गाँसिएको गुरुङले बताए ।
‘ब्रेकनमा नेपालीको सम्मान फरक खालको छ । वहाँहरु नेपालीलाई आदरपूर्वक हेर्नुहुन्छ । हामी पनि बेलायती नागरिकप्रति श्रद्धा गर्छौ, उनले भने–अहिलेसम्म यी सम्बन्ध औपचारिक जस्तो मात्रै थियो । अवचाहीँ भावनात्मक र जनस्तरमा पुगेको महशुस भएको छ । मितेरी सम्बन्धलाई खासगरी दुई शहरबीचको भातृत्व र भावना साटासाटको रुपमा लिईएको उनले बताए । त्यसबाहेक सामाजिक आर्थिक विकासमा पनि जोड्ने उनको विश्वास छ । धम्पुस नेपालकै लागि पर्यटकीय गाउँ हो । कास्कीबाट अन्नपूर्ण पदमार्ग प्रवेश गर्ने जिरो बिन्दु धम्पुस र भौतिक तथा आर्थिक रुपमा अति सम्पन्नशाली व्रिटेनको व्रिकेन शहरबीचको अन्तरसम्बन्ध दीर्घकालसम्म चलिरहने ब्रेकनका मेयर म्यान्नी ट्रेलरले बताए । ‘लामो समयदेखि गोर्खा सेनाको रुपमा नेपालीले बेलायतलाई ठूलो गुन लगाएका छन् । यति महान् गोर्खालीको भूमिमा टेक्न पाउँदा मलाई निकै खुशी लागेको छ, उनले भने–अव ब्रेकन र धम्पुस मित भएको छ । यो सम्बन्ध जुनीजुनीसम्म रहिरहन्छ ।दुवै शहरको सांस्कृतिक र सामाजिक गतिविधि साटासाट गर्ने उनले बताए । मितेरी सम्बन्ध गाँसेपछि ब्रेकनको टोलीले धम्पुसका सबै विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
उदार संविधान, अनुदार नेतृत्व
hero news full width
मुख्य समाचार
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र : बसाइँसराइँ रोक्ने, उत्पादन बढाउने
असाेज १, २०८०