लमजुङ, २७ माघ । हिमपात भई सडक र पैदल यात्राको बाटोमा समेत हिउँ जम्न गएका कारणले मनाङमा तीन सातादेखि ढुवानी ठप्प भएको छ ।
मनाङमा तीन सातादेखि हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । हिमपातले खसालेको ढुंगा, ढालेको रूख पन्छाउन नसक्दा मनाङमा खाद्यान्न आपूर्ति तीन सातादेखि ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध भएको छ ।
तीन सातादेखि निरन्तर हिउँ पर्न थालेको मनाङमा त्यस समय यता सवारी आवागमन ठप्प भएको प्रजिअ देवकोटाले बताए । उनका अनुसार सडक डिभिजन कार्यालय दमौलीबाट आएका इन्जिनियर तत्काल सडकमा रहेको हिउ हटाउन नसक्ने भन्दै फर्किएर गए । तर पनि सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुङ्गा फुटाएर पहिरो हटाउने तयारी गरिएको प्रजिअको भनाई छ ।
हिमपात हटाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएपनि पुन बुधबारदेखि वर्षा सँगै भएको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । चामेदेखि तिमाङसम्मको सडक पुरै हिउँले ढाकेको मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्मका गुल्मपति नीलकमल आचार्यले बताए । उनका अनुसार सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था छैन, गाडी नचल्दा मनाङ ङिस्याङ, चामे सहितका गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । बेसीशहर मनाङ सडक खण्डमा सवारी चलाउने सवारी चालक जीतु तमाङले बाटोभरी हिउँ नै हिउँ भएकाले गन्तव्यमा पुग्न कठिन भएको बताए । उनका अनुसार मानिस हिँड्नै गाह्रो छ, कसरी सामान ल्याउने ? गत बुधबार साँझदेखि वर्षासँगै भएको हिमपातले मनाङमा ५ फिटसम्म हिउँ जमेको छ भने तापक्रम माइनस २० डिग्रीसम्म पुगेको छ ।
धारामा पानी जमेकाले बस्तु चौपायलाई खुवाउन समस्या भएको छ । हिमपातबाट अप्रीय घटना नभए पनि विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनका अनुसार अनुसार हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । बजारमा खाद्यान्नको अभाव हुने अवस्था देखिन थालेको छ । तिमाङबाट यता गाडी आएको छैन ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०