उपाधिसहित डफिन्स टिमका खेलाडी । तस्विर : राम गुरुङ
पोखरा, २७ माघ। छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले जितेको छ ।
पोखरा रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टिम एपीएफलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक फुटबल खेल्न आएको पाहुना टोलीले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कार जित्यो ।
उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।
अत्यन्तै प्रतिष्पर्धात्मक फाइनलको ५४ औं मिनेटमा यान्निक ओवानाले उत्कृष्ट गर्दै आफ्नो टिमलाई उपाधिको हकदार बनाएका हुन् । अरमेल अहण्डाले विपक्षी पोष्टमा बल प्रहार गनेर्क्रममा एपीएफका सन्तोष कटुवाललाई लागेर रिबाउण्ड भएकोमा यान्निकले बललाई जाली चुमाएका थिए । फाइनलमा खेलका म्यान अफ दी म्याच घोषित यान्निकले गरेको सो गोल नै अन्ततः निर्णायक बन्यो ।
उत्कृष्ट खेलाडी एपीएफका राजु नगरकोटी ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलकीपर राजु नगरकोटीले पाए । उत्कृष्ट गोलकीपरको समेत उपाधि जितेका उनले उत्कृष्ट खेलाडी वापत् मोटरसाइकल चढे ।
यस्तै विधागत रुपमा उत्कृष्ट डिफेन्डर एपीएफकै रमेश दंगाल, मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, स्ट्राइकर डफिन्सका यान्निक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले उपाधि जिते । उनीहरुलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
पोखरा रंगशालामा पहिलो पटक फुटबल खेल्न आएको जापानको रिस्सो युनिभर्सिटीको टीमलाई अनुशासित टिमको उपाधि दिइयो ।
विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, एन्फाका पूर्व अध्यक्ष खेम गुरुङ, मुख्य प्रायोजक मनकामना केवलकारका प्रतिनिधि उद्धव श्रेष्ठ लगायतले पुरस्कार हस्तान्तरण गरे ।
यसैबीच, आयोजकले फाइनल अवसरमा उत्कृष्ट फुटबल खेलाडीको रुपमा उत्तम गुरुङलाई पुरस्कृत गरेको छ । उनले स्कूटर पुरस्कार पाए ।
पुरस्कृत फोटो पत्रकार उमेश पुन ।
यस्तै, संचारमाध्यममार्फत खेल विकासमा उत्कृष्ट योगदान गरेकोमा फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार सहित सम्मान गरियो । खेलकुद पत्रकार मञ्च कास्की सदस्य समेत रहेका पुन लामो समयदेखि फोटोपत्रकारितामा क्रियाशील छन् ।
एन्फा कास्कीले फुटबल विकासमा लामो समयदेखि योगदान दिएकोमा नवीन पुनलाई समेत सम्मान गर्यो । उनीहरुलाई एन्फा अध्यक्ष शेर्पा लगायतले सम्मानित तथा पुरस्कृत गरे ।
क्यामरुन र एपीएफ समान ३ खेल जित्दै फाइनलमा भेट भएका हुन् । उपाधि विजेता क्यामरुनले पहिलो चरणमा च्यासल क्लब, क्वाटरमा त्रिभुवन आर्मी, सेमिफाइनलमा लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराएको थियो । उद्घाटनमा हिमालयन शेर्पाको चुनौती पन्छाएको एपीएफले लिगको तेस्रो थ्रीटार क्लब र पाहुना टीम जापानको रिस्सो युनिभर्सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
फाइनलमा भने विपक्षीको तुलनामा एपीएफले खासै मुभ निकाल्न सकेन । केही उत्कृष्ट अवसर खेर फाल्दा लिगको पाँचौ स्थान रहेको ऊ पोखरामा उपविजेतामै सीमित बन्यो ।
डफिन्सले आधा दर्जन बढी कर्नर पाएकोमा सदुपयोग गर्न सकेन । फाइनलमा एपीएफका १ र डफिन्सका ३ खेलाडीलाई मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले पहेंलो कार्ड देखाएका थिए ।
डफिन्सका क्याप्टेन जो अङगोलाले जितपछि खुसी लागेको प्रतिक्रिया दिए । उनले नेपाली फुटबल कौशल राम्रो रहेको बताए ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीको एक गल्तिले उपाधि गुमेको बताए । यद्यपि, शारीरिक रुपमा बलिया र अग्ला विपक्षी खेलाडी सामु आफ्नो टीमले सन्तोषजनक खेल प्रदर्शन गरेको बताए । पोखरा रंगशालाबाट दोस्रो पटक उपाधि देशबाहिर गएको छ । सहारा क्लब पोखराको तेस्रो संस्करणको आहा गोल्डकपमा विदेशी टिम अफ्रिकन युनाइटेडले पहिलो पटक उपाधि जितेको थियो ।
गत १५ माघदेखि सुरु प्रतियोगितामा विदेशी २ सहित १२ टिमले भाग लिएका थिए । वर्षाका कारण निर्धारित फाइनल खेल एक दिन पछि धकेलिएको थियो ।
प्याराफिट अभावमा पनि भुइँमै बसेर फुटबल हेर्न दर्शक उल्लेख्यमात्रामा दर्शक पोखरा रंगशालामा पुगेका थिए ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९