पोखरा, २७ माघ । पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दावी गरिन् ।
सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना बन्नुपनेर्मा जोड दिदै मन्त्री अर्यालले मानिसहरुलाई उत्पादनसँग जोड्न आग्रह गरिन् ।
उनले सहकारीको कर बृद्धि कम गर्ने सरकारको नीति उल्लेख गरिन् । सहकारी नियमावली सहकारीमैत्री बन्ने दावी गरिन् ।
गण्डकी प्रदेश सांसद प्रभा कोइराला आफूहरु सहकारी आन्दोलनमै रहेको चर्चा गरिन् । गण्डकी प्रदेशमा सहकारी विधेयकलाई परिमार्जन गरिने कोइरालाको भनाई थियो । कोइरालाले पैसा लिने र दिनेमात्र नभई सहकारीले उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने बताइन् । सांसद कोइरालाले गण्डकी प्रदेशमा सहकारीको धेरै संभावना रहेको उल्लेख गरिन् ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेल, पूर्व अध्यक्षहरु पृथ्वीराज शर्मा तिमिल्सिना र गोविन्द तुलाचन, पूर्व कोषाध्यक्ष स्व.क्या. ऐरबहादुर गुरुङकी धर्मपत्नी धनकुमारी गुरुङ, पत्रकार नारायण शाही जग्गादाता सर्वजित अधिकारी, सूर्यर्प्रसाद बराल, एडीसी विल्डर्स प्रालिका गणेश सापकोटा, सहकारी सन्देश सम्पादक त्रिभुवन पौडेल, अमरनाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । मन्त्री अर्यालले उनीहरुलाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘सहकारी सन्देश’ को विमोचन गरेका हुन् । संस्थाका प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७