काठमाण्डौं, २७ माघ । एनसेलसँगको बक्यौता रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ छ।
अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त रकम उठाउन निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सवोर्च्च अदालतको फैसलाको पूर्णपाठ हेर्नु पर्ने वताए ।
दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्छ’ मन्त्री खतिवडाले भने, पूर्णपाठ नहेरी अहिले नै पुँजीगत लाभकर उठाउने प्रक्रिया थालनी गर्न सकिँदैन । उनले एनसेलको खरिद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा पनि अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने वताए ।
अदालतले पूँजीगत लाभकर तिराउने फैसाला गरेको छ । कम्पनीलाई अदालतले कानुनी दायरामा ल्याएको छ। समितिले आजसम्म सरकारले एनसेलसम्बन्धी गरेको सबै निर्णय पठाउन अर्थ मन्त्रालयलाई निर्देशन गरेको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१