डायमण्ड माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
dimand mabi_Fotor

वार्षिकोत्सवमा नृत्य प्रस्तुत गर्दै बाबु नानी। तस्वीरः भीमपाणि बराल/आदर्श समाज

वार्षिकोत्सवमा नृत्य प्रस्तुत गर्दै बाबु नानी। तस्वीरः भीमपाणि बराल/आदर्श समाज

लेखनाथ, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सासंद दिपक कोइरालले शिक्षा प्रणाली समयको मागअनुसार हुनुपनेर्मा जोड दिए । अहिलेका लागि ब्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बिचार राखे ।

विविध सास्कृतिक कार्यक्रम र गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी, दिर्घसेवा पदकबाट शिक्षकशिक्षिकालाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य यमबाहदुर रोक्काले विद्यालयको भावी योजना र प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १० वर्ष भन्दा बढि सेवा पुर्याउदै आएका शिक्षक सुब्वा र शिक्षिका रिना सुव्वालाई दिर्घसेवा पदकबाट र गत शैक्ष्ािक सत्रमा  कक्षा १२ मा उत्कृष्ठ स्थान हासिल गर्न सफल विन्देश अधिकारी एवं गण्डकी तारा २०७५ का विजेता निसान वराललाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा प्याप्सनका केन्द्रीय सदस्य कृष्ण केसी, पोखरा महानगरपालिका शिक्षा महासाखका प्रमुख हेमप्रसाद आचार्य, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ र भूपू विद्यार्थी सञ्जिव थापालगायतले आफ्नो धारणा राखेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने ‘भोला’को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य ब्यवस्थापक हरिप्रसाद लामिछानेले र धन्यवाद ज्ञापन निर्देशक माधवशरण उपाध्यायले राखेका थिए भने शिक्षक नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width