वार्षिकोत्सवमा नृत्य प्रस्तुत गर्दै बाबु नानी। तस्वीरः भीमपाणि बराल/आदर्श समाज
वार्षिकोत्सवमा नृत्य प्रस्तुत गर्दै बाबु नानी। तस्वीरः भीमपाणि बराल/आदर्श समाज
लेखनाथ, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सासंद दिपक कोइरालले शिक्षा प्रणाली समयको मागअनुसार हुनुपनेर्मा जोड दिए । अहिलेका लागि ब्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बिचार राखे ।
विविध सास्कृतिक कार्यक्रम र गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी, दिर्घसेवा पदकबाट शिक्षकशिक्षिकालाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य यमबाहदुर रोक्काले विद्यालयको भावी योजना र प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा १० वर्ष भन्दा बढि सेवा पुर्याउदै आएका शिक्षक सुब्वा र शिक्षिका रिना सुव्वालाई दिर्घसेवा पदकबाट र गत शैक्ष्ािक सत्रमा कक्षा १२ मा उत्कृष्ठ स्थान हासिल गर्न सफल विन्देश अधिकारी एवं गण्डकी तारा २०७५ का विजेता निसान वराललाई समेत सम्मान गरिएको थियो ।
सोही अवसरमा प्याप्सनका केन्द्रीय सदस्य कृष्ण केसी, पोखरा महानगरपालिका शिक्षा महासाखका प्रमुख हेमप्रसाद आचार्य, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ र भूपू विद्यार्थी सञ्जिव थापालगायतले आफ्नो धारणा राखेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने ‘भोला’को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य ब्यवस्थापक हरिप्रसाद लामिछानेले र धन्यवाद ज्ञापन निर्देशक माधवशरण उपाध्यायले राखेका थिए भने शिक्षक नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवाताल पुर्ने गतिविधि तत्काल रोक
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७