स्पर्स लघुवित्तको अर्धवार्षिक समीक्षा

Avatar एजेन्सी
माघ २८, २०७५

पोखरा, २७ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरूको लागि आ.ब. २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको यस आ.ब.को अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौति अवसरहरू, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिबारे सहभागीहरूलाई प्रष्ट पारेका थिए ।

वित्तीय संस्थाका विभागीय प्रमुखहरूले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरूले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिबारे  योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।  वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरू तथा शाखा प्रवन्धकहरूलाई पुरस्कृत समेत गरेको थियो ।

वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरू र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरूको सहभागिता रहेको थियो ।

हाम्रो सुझाव

कामनाको बिरौटा शाखा संचालन

व्यवस्थापन सम्वन्धी अभिमुखिकरण सम्पन्न

पोखरा भाँडा व्यवसायी संघको शुभकामना

पाल्पाली समाजको सहकारी प्रशिक्षण

बाख्रा पालक किसानलाई तालिम

प्रमुख समाचार

केपी ओलीको भागमा २८ माधव नेपालको भागमा १६ जिल्ला अध्यक्ष सूची सहित