माघ २७, पोखरा । पोखरा मासवार स्थित मदरल्याण्ड स्कूलमा माघ शुक्ल पञ्चमीका दिनको अवसर पारेर आइतवार सरस्वतीको पूजा आरधानाका साथै सिर्जना र शब्द रचना गरी अक्षरारम्भ गराइएको छ ।
सिर्जना र ज्ञानको यात्रा अनन्त कालसम्म रहिरहोस् भन्दै पोखराको मासवारमा अवस्थित मदरल्यान्ड माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयमा आबद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उक्त पूजा तथा अक्षरारम्भ गरिएको जानकारी कार्यक्रम संयोजक तथा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा पूजा आराधाना गरिएको छ । पण्डित कृष्णप्रसाद गौतमले पूजारीको भूमिका निर्वाह गर्दै सहजीकरण गरेका थिए भने उपस्थित विद्यार्थी, शिक्षक तथा भक्तजनले प्रतिबद्ध भई विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए ।
हिन्दूहरूको एक पर्वका रूपमा मनाइने श्रीपञ्चमीमा हातमा वरमद्रुा, पुस्तक, माला र बीणा धारण गरेकी चतुर्भुजी सुन्दर स्त्री तथा सृष्टिको प्रारम्भ कालमा अद्भुत शक्तिबाट उत्पन्न सरस्वतीलाई ज्ञानको विशाल शक्तिका रूपमा हेरिने गरेको जानकारी विद्यालयका निर्देशक त्रिभुवन शर्माले दिए ।
शैक्षिक मन्दिर विद्यालयमा बाल नेतृत्व विकासका लागि गठित विभिन्न बाल संगठन तथा शिक्षक कल्याणकारी कोषको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सरस्वती पूजा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९