पोखरा, २७ माघ । पोखरा महानगर वडा नं. १८ भकुण्डेस्थित शान्त माविको २६ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका को उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा पारदर्शी लेखाप्रणाली भएको र अन्य विद्यालयले यस विद्यालयबाट शिक्षा लिनुपर्ने बताइन् । उनले अभिभावक, शिक्षक र विद्यार्थी कृयाशील रहेर नै विद्यालयले स्तर कायम राखेको बतइन् । विद्यालयलाई आफूले सहयोग गर्न प्रतिबद्धता जनाइन् ।
पोखरा महानगर वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले विद्यालयको आवश्यकताको आधारमा हरेका योजनालाई प्राथमिकतामा राखी रकम विनियोजित गर्ने र छिट्टै विद्यार्थीलाई यातायातको पनि व्यवस्थापन गरिने बताए ।
स्थानीय समाजसेवी प्रेम जिसी, रामचन्द्र शर्मा तिमिल्सिना, पुर्व अध्यक्षहरु, सूर्यबहादुर खड्का, मित्रमणि तिमिल्सिना, नेकपा वडा ईकाई अध्यक्ष पुष्कलबहादुर थापा, नेपाली काँग्रेस वडा ईकाई सभापति शिवप्रसाद तिमिल्सिनालगायतले शुमकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गरुढध्वजमुगा अक्षयकोष, खड्क लिला थापा अक्षयकोष र देवकली अक्षयकोषहरु बाट प्राप्त व्याज रकम लाई २० जना विद्यार्थीलाईहरुलाई छात्रवृत्ति र १५२ जना लाई झोला वितरण गरिएको थियो ।
सरस्वतीको पुजासंगै विद्यार्थीको विविध साँस्कृतिक कार्यक्रम रहेको कार्यक्रममा प्र.अ. विष्णुप्रसाद भट्टराईले विद्यालय प्रतिवेदन र लेखापाल कमलमोहन तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । शिव प्रसाद तिमिल्सिनाले सरसफाइ सामाग्री वितरण गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिबहादुर खड्काले स्वागत गरेको कार्यक्रममा उक्त कार्यक्रममा विद्यार्थी कविता अधिकारी र भुवन जिसीले पनि स्वागत भाषण उत्कृष्ठ शिक्षक मनोज बास्तोला, उत्कृष्ठ अभिभावकमा पार्वती गुरुङ र उत्कृष्ठ छात्रछात्रामा अमृत अधिकारी र कबु खड्कालाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७