काठमाण्डौ २८ माघ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टी व्यक्त गर्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आइतबार पदबाट राजीनामा दिएका छन् । शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्।
उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ। एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ।
बढुवामा अन्याय भयो, तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको निर्णय, संगठनले निर्णय मान्छु। जागिर खाने नखाने मेरो कुरा हो,’ उप्रेतीले भने। २४ वर्ष संगठनमा बिताउँदा खुसी रहँदारहँदै पनि शनिबारको निर्णयले आफूलाई मर्माहत बनाएको उनको दुखेसो छ ।
संगठन र सरकारले कमजोर भनेपछि पदमा बस्न मन लागेन,’ उप्रेतीले भने, ‘म हिजोसम्म खुसी थिएँ, अब संस्थाभित्र बसेर खुसी हुन सक्दिनँ भन्ने लाग्यो र राजीनामा दिएँ।’ आगामी दिनमा प्रहरी संगठनकै हितमा काम गर्ने बताउँदै उप्रेतीले स्वतन्त्र जीवन बिताउन चाहेको बताए।
उप्रेती महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए। शनिबार राति गृह मन्त्रालयले १४ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो। बढुवासूचीमै रहे पनि अंक नपुगेका कारण उनको नाम समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृह स्रोतले बतायो।
Related News
सम्बन्धित समाचार
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
गृहमन्त्रीको नेतृत्वमा चन्द समूहसँग वार्ता टोली गठन
विप्लव समूहसँग वार्ताको तयारी
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७